2024-04-29

Close

जनकपुरधाम । जनकपुरधाममा जारी प्रथम मधेश प्रदेश सभामुख क्रिकेट कप-२०८० को फाइनलमा धनुषा आफ्नो स्थान सुरक्षित गरेको छ । विहीबार बारालाई ६ विकेटले पराजित गर्दै धनुषा फाइनलमा प्रवेश गरेको हो ।

सिरहा बुधबार नै महोत्तरीलाई पराजित गर्दै फाइनलमा पुगेका थिए । अव उपाधिको लागि शनिबार धनुषा र सिरहाबीच प्रतिस्पर्धा हुने छन् । रामजानकी बहुद्देश्य अन्तराष्ट्रिय रंगशाला जनकपुरधाममा छैठौं दिन दोस्रो सेमिफाइनल खेल भएको थियो । टस जितेर बारा क्रिकेट टिमले पहिला ब्याटिङ गर्ने निर्णय गरेका थिए । बाराल ३६ ओभर ३ बलमा सबै विकेट गुमाएर एक सय ४० रनको लक्ष्य धनुषा समक्ष प्रस्तुत गरेका थिए ।

बाराका लागि ओपनर तृतराज दासले राम्रो सुरुवात गरेपनि अर्को ओपनर अनिल साह एक रनमै आउट भएका थिए । दासले पाँच चौका र दुई छक्काको मद्दतले ६० बलमा ४४ रनको योगदान दिए । बाराकै निखिल सिंह ५७ बलमा ३३ रन र शाहिल पटेल ३४ बलमा २६ रन बनाए । यस टिमका अन्य ब्याटस म्यानले सम्मानजनक रन बनाउन सकेनन् ।

धनुषाका लागि बलिङ गरेका विक्रान्त यादवले सात ओभर तीन बलमा २२ रन खर्चेर चार विकेट लिएका थिए । उतकृष्ट बलिङ गरेका विक्रान्त एक मेडन ओभरसमेत फालेका थिए । उनीसहित टिमको कसिलो बलिङले बारालाई‘लो’ स्कोरमा रोक्न सफल भएका थिए । यस्तै, धनुषाकै लागि बलिङ गरेका कप्तान विशाल सुशलिङले दुई, रुपेश यादवले एक, अभिजित मण्डलले एक, अखिलेश ठाकुर र साइमोन रोयलेसमेत एक÷एक विकेट लिए ।

जवाफ ब्याटिङमा धनुषाका खेलाडीहरु ३७ ओभर ३ बलमा चार विकेट गुमाएर लक्ष्य पुरा गरेका थिए । धनुषाका ओपनर अलिअकबर अन्सारीले ६३ रनको पारी खेले । उनले एक सय ९ बलमा चार चौका र एक छक्का प्रहार गरे । उनलाई साथ दिइरहेका पशुराम यादवलेसमेत ६३ बलमा ४९ रनको पारी योगदान दिए । यी दुबै ब्याट्स म्यानको राम्रो सुरुवातमा धनुषा सहजै जित हासिल गरेका थिए ।

बाराका लागि बलिङ गरेका विकास पटेलले तीन र पवन सराफले एक विकेट लिए । तीन÷तीन वटा सिनियर खेलाडी रहेका बाराको कमजोर प्रर्दशन देखिएको थियो । बाराका नामी अनिल साह, अरनिको यादव र पवन सराफ ठोस प्रर्दशन गर्न सकेनन् । यस खेलको म्यान अफ दी म्याच धनुषाका विक्रान्त यादव घोषित भएका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds