2024-05-04

Close

महोत्तरी । नेपाल रेल्वे कम्पनीको पिपराडी स्टेशनमा सशस्त्र प्रहरीले सुरक्षा बेस स्थापना गरेको छ । रेल्वेको जनकपुर बिजलपुर खण्डस्थित पिपराढी स्टेशन परिसरमा सशस्त्रले रेल्वे सुरक्षा बेस स्थापना गरेको हो ।

सुरक्षा बेसको लोहरपट्टी नगरपालिकाका उपप्रमुख सरिता शर्मा, प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल तथा सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेड क्वार्टर महोत्तरीका एसपी लेखनाथ खनालले वोर्ड अनावरण गरी सोमबार संयुक्त उद्घाटन गर्नुभएको हो ।

लामो प्रतीक्षापछि सञ्चालित रेल्वेको सुरक्षा र यात्रुको सुविधाका लागि सशस्त्र प्रहरीले पुर्‍याएको योगदानको चर्चा गर्नुुहुँदै उपप्रमुख शर्माले सशस्त्र बेस स्थापनाले रेल्वे सेवा र यात्रुको सुरक्षामा थप योगदान पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । उहाँले शान्ति सुरक्षाका हरेक मोर्चामा क्रियाशील सशस्त्र प्रहरीको सहयोगमा स्थानीयतह प्रतिबद्ध रहेको बताउनुभयो ।

रेल्वे स्टेसन परिसरमा बेस क्याम्प स्थापनाले सशस्त्र प्रहरीलाई थप प्रभावी र विश्वसनीय सेवा प्रवाह गर्न सहज हुने प्रमुख जिल्ला अधिकारी गेलालले बताउनुभयो ।

नेपाल सरकारको २०७७ साल पुस १५ गतेको निर्णयअनुसार रेल्वे सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरीले स्टेशन तथा हल्टहरुमा गत साउन १ गतेदेखि सुरक्षा परिचालन गर्दै आएको छ । सोही क्रममा पिपराढी स्टेसनमा सशस्त्र बेस स्थापना गरिएको सशस्त्र हेड क्वार्टर महोत्तरीका एसपी खनालले बनाउनुभयो । उहाँका अनुसार पिपराडी रेल्वे बेसमा असईको कमाण्डमा सुरक्षा परिचालन गरिएको छ ।

गत असार ३१ देखि सञ्चालित जनकपुर बिजलपुरा रेल्वे सेवाअन्तर्गतका स्टेशन तथा हल्टहरुमा सशस्त्र प्रहरीले सुरक्षा परिचालन गर्दै आएको छ । सधैँ भीडभाड हुने मूल स्टेसन जनकपुरमा भने डिएसपीको कमाण्डमा यसअघि नै रेल्वे सुरक्षा बेस स्थापना गरी सेवा प्रवाह गर्दै आएको सशस्त्रले जनाएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds