अप्पन जनकपुर
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली भनेर पक्राउ गरेका सक्कली डाक्टर रन्जित कुमार यादवलाई क्षतिपूर्ति दिलाउन सिफारिसस गरिएको छ ।
महोत्तरीको पिपरा गाउँपालिका वडा नं. ८ घर भएका डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति दिलाउन भन्दै मानव अधिकार आयोगले उक्त सिफारिस गरेको हो ।
आफूलाई सीआईबीले गत साउन २५ गते गैरकानूनी रुपमा पक्राउ गरी थुनामा राखेको र मानसिक यातना दिएको भन्दै डाक्टर यादवले आयोगमा उजुरी दिएका थिए ।
पुस १९ गतेको निर्णयले डाक्टर यादवलाई १० हजार क्षतिपूर्ति दिन भन्दै आयोगले सरकारलाई सिफारिस गरेको आयोगका प्रवक्ता टीकाराम पोखरेलले बताए ।