जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्यमन्त्री बीरेन्द्र सिंहले धनुषाको डुमरिया अस्पताल चाँडै संचालनमा आउने बताएका छन् ।
सोमबार मन्त्री सिंहले शहिदनगर नगरपालिका वडा नं. ८ डुमरियाचोक स्थित निर्माण गरि राखिएको शहिद सूर्यनाथ रान स्मृति जिल्ला अस्पतालमा अनुगमन गर्दै उनले चाँडै अस्पताल संचालन हुने बताए ।
भवन निर्माण भई नै सकेको छ, बेड, एक्सरे मेसिन, ल्याब लगायतका उपकरण र कर्मचारी व्यवस्थापन प्रक्रिया पुरा गरे चाँडै नै संञ्चालनमा आउने उनले बताए ।
नेपाली काँग्रेसका सांसद मुक्ता यादव, युवा नेता साधु गोईत र प्रदेश सचिव डा. प्रमोद यादवसहितको टोलीले अनुमगन गर्दै खाँचो र मेसिनको बारेमा जानकारी लिदै चाँडै संचालनमा आउने बताएको हो ।
डुमरियास्थित निर्माण गरी थाँती राखिएको सो जिल्ला अस्पताल संचालनमा आएपछि कमला नगरपालिका, शहिदनगर नगरपालिका, सबैला नगरपालिका र जनकनन्दिनी गाउँपालिकावासीको लागि लाईफलाईन बन्नेछ ।