2024-04-28

Close

बारा । बाराको अम्लेखगञ्जबाट ३५ किलोग्राम प्रतिबन्धित लागूऔषध चरेश सहित २ जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा भारतको उत्तर प्रदेशस्थित बैहराइच, थाना देहात कोतावाली नाजीरापुरन नई बस्नी बस्ने साफिर अलि र कारमा सवार सोही ठाँउका मोहम्मद अफजाल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराको मातहत रहेको ईलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जमा खटिएको प्रहरीटोलीले चितवनबाट भारततर्फ जादे गरेको ३२ एनएम नम्बर प्लेटको भारतीय कारलाई प्रहरीले शंका लागि रोकी चेक जाँच गर्ने क्रममा कारको पछाडि डिक्कीमा फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध चरेस बरामद गरेको प्रहरी उपरीक्षक सुरेश काफ्ले जानकारी दिए।प्रहरीले खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा राखिएको साथबाट ३५ किलो लागुऔषध चरेस, सिम सहितको २ थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेत बरामद गरेको एसपी काफ्लेले बताए।

पक्राउ परेका अलि र अफजाललाई लागूऔषध कसूरमा मुद्दा चलाउने तयारी भईरहेको बाराका एसपी काफ्ले बताउनुभयो।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds