2024-04-27

Close

जनकपुरधाम । धनुषामा हुन लागेको राष्ट्रिय महिला हक्की प्रतियोगिताको उदघाटन गर्न पूर्वराष्ट्रपति विद्या देवी भण्डारी धनुषा आउने भएकी छन् ।

धनुषाको महेन्द्रनगरमा आयोजन हुने प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिताको उदघाटन गर्न उनी धनुषा आउन लागेकी हुन् ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ महेन्द्रनगर स्थित क्षिरेश्वर जनता माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा टिम सहभागी हुने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

जसमा ६ वटा प्रदेश, १ विभागीय र एक आयोजक टिम रहने छ । १४४ जना महिला खेलाडी खेलमा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार, द्वितीय पुरस्कार १ लाख र तृतीय पुरस्कार ५० हजार रहेको तथा उत्कृष्ट खेलाडीलाई १० हजार दिइने छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds