2024-05-02

Close

जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका तत्कालीन मेयर उदय कुमार बरबरिया, अधिकृत रामकिशोर महतो र वडाध्यक्ष तनुकलाल कुसियैतसहित मुद्दा लागेका सबै जनाले सफाइ पाएका छन् । तत्कालीन मेयरसहित उपमेयर शिला देबी कापर, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतो, लेखा नन्द कुमार झा, इन्जिनियर संजय यादव, उपभोक्ता समितिका पदाधिकारी सबैले सफाई पाएका हुन् ।

सडक निर्माणमा भ्रष्टाचार गरेको दावीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन बरबरिया, उपमेयर कापर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महतो सहित १२ जना माथि २०७९ माघ २३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायाण कुँवर, रामबहादुर थापा र रितेन्द्र थापाको संयुक्त इजलासले बुधबार अन्तिम फैसला सुनाउँदै सबैलाई सफाइ दिएको अदालतले जनाएको छ ।

शहीदनगर नगरपालिका ८ बिसरभोरा नहरदेखि गोठ कोयलपुरसम्म कृषि सडक निर्माणका क्रममा फिल्डमा भएको कामभन्दा बढी काम भएको भनेर कार्यसम्पन्न प्रतिवेदन तयार पारी उपभोक्ता समितिलाई बढी भुक्तानी गरेको भन्दै अख्तियारले सोही दाबीसहित १२ जना उपर भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

अख्तियारले इन्जिनियर सञ्जय यादव, वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैत, योजना शाखा प्रमुख विन्देश्वर यादव, तत्कालीन लेखा अधिकृत नन्दकुमार झा, उपभोक्ता समितिका अध्यक्ष कारी चमार, कोषाध्यक्ष रेखाकुमारी, सचिव मुकेश लखनदे यादव, लेखा समितिका संयोजक जैसिलाल भिनवार यादव र सुशासन समितिका संयोजक कन्हैया मुखियालाई पनि भ्रष्टाचार मुद्दा लगाएको थियो ।

बुधबार विशेष अदालतको ईजलासले मुद्दा दायर गरिएका १२ जनालाई सफाइ दिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds