2024-04-29

Close

विपिन यादव                                             जनकपुरधाम । आज (शुक्रबार) महाशिवरात्रि हिन्दु धर्मावलम्बीहरुले भगवान शिवको पुजापाठ गरी महाशिवरात्रि पर्व मनाउँदै छन् । हरेक वर्ष फागुन कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइन्छ ।

आज बिहान र दिनभर त्रयोदशी तिथी भएपनि रातको समय चतुर्दशी भएकाले यसै दिनलाई महाशिवरात्रि मानिएको हो ।

महाशिवरात्रिको अवसरमा बिहानैदेखि जनकपुरधाम जनकपुरधाम शिव मन्दिर, कपिलेश्वरनाथ महावेदव, क्षीरेश्वरनाथ महादेव, हठिपुरस्थित मंगलेश्वर महादेव, भुवनेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ, टुटेश्वरनाथ लगायत शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

जटाधारी, निलकण्ठ, भोले बाबा, देवादी देव महादेव, शंकर, कैलाशपतिलगायत विभिन्न नामले पुकारिने शिवको प्यारो दिन भनेर महाशिवरात्रिलाई मानिन्छ । 

पार्वतीसँग विवाह भएको दिनका रूपमा पनि लिइने यस दिनलाई शिवभक्तले विशेष महत्वको रुपमा मनाउने गरेका छन् ।

महाशिवरात्रिको अवसरमा जनकपुरधामका विभिन्न युवा क्लब र सुरक्षाकर्मीहरुले भक्तजनहरुको सुविधालाई ध्यानमा राख्दै शिव मन्दिरहरुमा राम्रो व्यवस्थापन गरेका छन् ।  

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds