2024-04-28

Close

जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्था भारतको अयोध्यास्थित राम मन्दिरसंग जोडनको लागि जनकपुरधामबाट सीधा अयोध्यासम्म रेल संचालनको तयारी गरिएको छ ।

भारतको उत्तर प्रदेश अयोध्याधामबाट गोरखपुर हुँदै जगत जननी सीता जन्मभूमि जनकपुरधामसम्म सिधा रेल सेवा सञ्चालन गर्ने तयारी थालिएको भारतीय रेल्वे वोर्डले जनाएको छ । वोर्डले प्रारम्भिक रुपमा पूर्वोत्तर र उत्तर रेल्वेलाई समय तालिका पठाउन निर्देशन दिएको छ ।

गोरखपुरका सांसद रवि किशनले रेलमन्त्री अश्वनी वैष्णवलाई चिठ्ठी लेख्दै अयोध्याधाम देखि गोरखपुर-नरकटियागंज हुँदै जनकपुरधाम सम्म रेल सञ्चालन गर्न माग गरेका थिए । यो रेल सेवा सञ्चालन भएपछि नेपालसम्म आउने सवै भन्दा लामो दूरीको पहिलो सिधा रेल सेवा हुनेछ ।

रेल्वे वोर्डका कार्यकारी निर्देशक यातायातको तर्फबाट २९ फरवरीमा जारी पत्रका अनुसार एनआईआर र एनआरलाई छिट्टै समय तालिका बनाएर बोर्डलाई उपलव्ध गराउनेछ ।

स्रोतका अनुसार लोक सभा निर्वाचन सम्पन्न भए लगतै श्रीराम सर्किटका दुवै प्रमुख तीर्थ स्थलाई जोड्ने यो रेल सेवाको घोषणा हुनेछ । अहिले भारतवाट सिधा जनकपुरधाम सम्मकोलागि कुनै रेल छैन् । भारतीय सीमा जयनगरसम्म मात्रै अहिले रेल आउने गरेका छन् । हुनत नेपाली रेल जयनगरसम्म पुग्ने गरेका छन् तर, सिधा भारतबाट नेपाल आउने रेल सेवा अहिलेसम्म छैन् ।

अयोध्याधामबाट जनकपुरधामसम्म सिधा रेल सञ्चालनमा आएपछि दुवै देशबीच धार्मिक र सांस्कृतिक सम्वन्ध बलियो हुने र पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ ।

रेल संचालनपछि भारतीय पर्यटकहरु सीधा जनकपुरधाम आउन सक्नेछन् । जानकी मन्दिर दर्शनसहित आसपासको धार्मिक स्थलहरु दर्शन गर्न भारतीय पर्यटक बढेपछि जनकपुरको व्यापार समेत बढने विश्वास लिइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds