2024-05-04

Close

जनकपुरधाम । नेकपा एमाले आज मधेश प्रदेश सरकारमा सहभागी हुने भएको छ । वर्तमान सत्ता समीकरण अनुसार एमाले मधेश सरकारमा सहभागी हुन लागेको हो ।

एमाले प्रदेशका संसदीय दलका नेता सरोज कुमार यादव मन्त्री बन्दैछन् । स्रोतका अनुसार उनी आजै भौतिक पूर्वाधार तथा विकास मन्त्रीको शपथ लिनेछन् ।

मुख्यमन्त्री सरोज कुमार यादवले एमालेका यादवलाई मन्त्री नियुक्त गरी आजै शपथग्रहण गराउने तयारी गरेका छन् । एमालेभित्र नै मन्त्री बन्न विवाद देखिएकाले पहिलो चरणमा दलका नेता यादव मात्र मन्त्री बन्न लागेको बुझिएको छ ।

अहिले नेपाली कांग्रेसका दलका नेता कृष्ण प्रसाद यादव भौतिक पूर्वाधार विकास मन्त्री छन् । उनी राजीनामा दिन नमानेपछि बर्खास्त गरी एमालेका यादवलाई सो मन्त्रालय दिने मुख्यमन्त्री निकट स्रोतले बताए ।

कांग्रेसबाट गृह तथा संचारमन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंह छन् । उनीहरू पनि राजीनामा दिएका छैनन् ।

नयाँ सत्ता समीकरण अनुसार बनेको गठबन्धनमा लोसपा पनि सहभागी छैन । तर मधेशमा लोसपाका मन्त्रीलाई प्रदेश सरकारले नहटाउने बुझिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds