2024-04-28

Close

जनकपुरधाम । धनुषाको कमला सिंचाइ व्यवस्थापन कार्यालय अन्र्तगत कमला पश्चिमी मूल नहर जलउपभोक्ता समिति गठन गरिएको छ । कमला पश्चिमी मुल नहर जलउपभोक्ता मुल समिति सर्वसम्मतले चयन गरिएको हो ।

समितिका अध्यक्षमा गणेशमान चारनाथ–९ का नेपाली कांग्रेसबाट श्यामबाबु यादव, उपाध्यक्षमा विदेह नपा–५ का नेकपा एसबाट संजिव कुमार यादव गोहिवार, सचिवमा सबैला नपा–१ का नेकपा एमालेबाट जगदिश यादव, सहसचिवमा गणेशमान चारनाथ–९ की नेकपा माओवादीबाट रामजोती देवी यादव र कोषाध्यक्षमा शहीदनगर नपा–३ का जसपाबाट बरुण कुमार यादव सर्वसम्मतले चयन भएको कमला सिंचाई व्यवस्थापन कार्यालय धनुषाका प्रमुख वीरेन्द्र कुमार यादवले जानकारी दिए ।
कमला सिंचाई पश्चिमी नहर प्रणालीको १२ हजार ५ सय हेक्टर कृषि योग्य जग्गामा सिंचाइ सेवा उपलव्ध गराउन १४.५ कि.मी मुल नहर ४ वटा शाखा नहर र १३ मुल नहरबाट प्रत्यक्ष निकालिएको उपशाखा नहर र शाखा नहरबाट निकालिएको ४६ प्रशाखा नहरले सिंचाइ सेवा दिदै आएको छ ।

यस प्रणालीको दिगो व्यवस्थापन संचालन र प्रणाली मर्मत सुधार एवं पानी संचालन गरि उपभोक्ता कृषकहरुलाई आवश्यकताको आधारमा सिंचाइ उपलव्ध गराउन नेपाल सरकारको उदेश्य अनुसार ठूला सिंचाइ प्रणालीहरुमा संयूक्त व्यवस्थापन गर्ने नीतिगत एवं कानुनी व्यवस्था भएकोमा सोही अनुसार जलउपभोक्ता संस्थाको विकास सुद्धृढीकरण हुदै आएको छ ।

कमला सिंचाइ व्यवस्थापन कार्यालयले जल उपभोक्ता प्रशाखा÷शाखा र मूल समिति गठन गरी संयुक्त व्यवस्थापनमा प्रणालीको दिगो सञ्चालन पानी वितरण, नहर मर्मत सुधार एवं व्यवस्थापन गरी उपभोक्ता कृषकहरुलाई समयमा समतामूलक पानी वितरण गरी कृषि उत्पादन र उत्पादकत्व वृद्धि गराई कृषकहरुको आर्थिक, समाजिक अवस्थामा सकारात्मक सुधार गर्ने, स्वरोजगारको विकास गराइ व्यवसायिक कृषि पद्धतीको विकास गराउन, प्रणालीको मर्मत सुधार र पानी वितरणमा सहभागी मूलक सहभागिता परिचालन गराउन जलउपभोक्ता समिति गठन गरिएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds