वीरगन्ज १४ चेत्र
माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वीरगन्ज महानगरपालिका वडा नम्बर २२ स्थित श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाक सुट सहयोग प्रदान गरेकोे छ। विद्यालयमा अयोजित एक कार्यक्रमका बीच माछापुच्छ्रे बैंक लिमिटेडले२१० जना विद्यार्थीहरुलाई ट्रयाक सुट प्रदान गरिएको हो ।माछापुच्छ्रे बैंकका कर्मचारी विनेश ठाकुरको अध्यक्षतामा भएको कपडा वितरण कार्यक्रमका प्रमुख अथिती जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एवम प्रहरी उपरीक्षक कुमोध ढुंगेल र विशेष अथिती वडा नम्बर २२ का वडा अध्यक्ष द्वारिका महतो रहेका थिए।माछापुच्छ्रे बैंकका कर्मचारी ठाकुरले करिब १ लाख ५० हजार रुपैया बराबरको ट्रयाक सुट २१० जना बिधार्थीलाई वितरण गरेको बताए।