2024-05-15

Close

वीरगन्ज १७ बैशाख

पर्सा प्रहरीले हातहतियार र लागूऔषध सहित भारतका कुख्यात अपराधिक एकजना लाई पक्राउ गरेको छ।प्रहरीले दुई राउन्ड गोली चलाएर विभिन्न आपराधिक गतिविधीहरुमा संलग्न रहेको भारती पुर्विचम्पारण रक्सौलका बब्लु भन्ने गणेश पासवानलाई नियन्त्रणमा लिएको हो।विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगन्ज वडा नम्बर १६ भुटन देबी मन्दिर को अगाडी सडक खण्डमा खटिएको विशेष प्रहरीको टोलीले BR05AL 6139 नम्बरको भारतीय मोटरसाईकलमा  संकास्पदरूपमा.चलाइ आइरहेको पासवानलाई  रोकी चेकजाँच गर्न खोज्दा पासवानले भागन खोज्दा उनको बाँयाँ  खुट्टाको घुडामुनि प्रहरीले पेस्तोलबाट दुई राउन्ड गोली फायर गरि घायल बनाई  नारायणी अस्पतालमा उपचार  गराई थप अनुसन्धानको लागि हिरासतमा नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एवम  प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।एसपी ढुंगेलको अनुसार पासवानले मिति २०७३।०२।१३ गते जिल्ला बारा महागढीमाई न.पा.वडा नं.१ पसाहा पुल नजिक वीरगञ्ज बस्ने सुरेश केडियाको अपहरण गर्ने मुख्य योजनाकार ,मिति २०७९।०६।०३ गते काठमाण्डौ गोठाटार स्थित लाल मोहमदको हत्यामा सलंग्न, हछिमेकी राष्ट्र भारतमा रही पर्सा जिल्ला तथा तराईका जिल्लाहरूमा अपहरण गर्न लगाउने , साना हतियार तथा लागु औषधको कारोवार गर्ने, नेपाली अपराधीहरूलाई भारतमा संरक्षण गर्ने ,ठुला उधोग व्यसायीहरूलाई फोन गरी रकम माग गर्ने तथा ज्यान मार्ने धम्की दिने लगाएतको आपराधिक क्रियाकलापहरुमा गर्दे आएको बताए।प्रहरीले  Made In USA No 11 पेस्तोल) थान-१(एक), ऐ.का.गोली राउण्ड-२ ( दुई ), लागु औषध खैरो हिरोईन जस्तो देखिने पदार्थ-४९ ग्राम, लागु औषध गाँजा-८८० ग्राम र BR05AL 6139 नम्बरको चढेको मोटरसाइकल पासवानको साथ बाट बरामद गरेको एसपी ढुंगेलले जानकारी दिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds