2024-05-21

Close

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरमा अप्रत्यासित रुपमा लोडसेडिँग गर्न थालेपछि ईनभर्टर व्यापारीसँग मिलोमत्तो गरेको आरोप लगाईएको छ ।

बिना कारण अप्रत्यासित रुपमा विद्युत कटौति गर्न थालेपछि केही कर्मचारीहरु जनकपुरका इनभर्टर व्यापारीसँग मिलिजुली गरेको आरोप लगाइएको हो । सोमबार साँझदेखि गरेको लोडसेडिँग झण्डै १० बजेपछि समाप्त भएको थियो । विना कुनै सूचनाको विद्युत कटौति गर्न थालेपछि उनीहरुको नियतमा प्रश्न तेर्साईएको छ ।

देशमा लोडसेडिँग अन्त्य भएको बर्षौ भएपनि जनकपुरमा अप्रत्यासित रुपमा विद्युत कटौति गर्ने परम्परा अझै चलिआएको हो । सोमबार साँझ ७ बजेदेखि कटौति गरेको विद्युत ३ घण्टापछि मात्र रिस्टोर गरिएको थियो । सो क्रममा एक कर्मचारीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ वकिल टोलमा ट्रान्सफर्मर ठिक पार्न लागेको जानकारी दिएपनि कहि कतै मर्मतको कार्य देखिएको थिएनन् ।

प्रत्येक बर्ष गर्मीको मौसम चलेपछि जनकपुरमा अप्रत्यासित रुपमा अघोषित लोडसेडिँग गर्दा आम उपभोक्तालाई सास्ती हुँदै आएको छ । घरमा इनभर्टर जडान गरेका धनाढयहरुलाई यसले मतलब हुँदैनन । मध्यम परिवारलाई विद्युतकै भरमा गर्मी छल्ने भएपनि अप्रत्यासित विद्युत कटौतिले सास्ती हुँदै आएको छ ।

जनकपुरका केही इन्भर्टर व्यापारीहरुले विद्युतका केही कर्मचारीलाई प्रभावमा पारी विद्युत कटौति गरिदै आएको बताईन्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds

This will close in 0 seconds