2025-03-27

Close

जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का केन्द्रिय सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको प्रमुख आतिथ्यमा कमला नगरपालिका – ४ सघरा चोकमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका दर्जनौं नेताकार्यकर्ताहरु एमाले प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) धनुषा जिल्लाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र चौरवार यादव, लोसपाका नेता रामनारायण सल्हैता, माओवादी केन्द्रका श्याम मण्डल, कांग्रेसका किसुन यादव, रुपेश यादवसहित दुई दर्जनौं भन्दाबढी नेताकार्यकर्ताहरुलाई पूर्वमन्त्री अरगरियाले गम्छा टीका लगाएर पार्टीमा भित्र्याएका हुन् ।

सो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य संजिव कुमार झा ‘सुरज’ पार्टीका प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य, नगर कमिटीका अध्यक्ष दिपेन्द्र यादवसहित नगरका नेताकार्यकर्ताहरुको उपस्थितिमा विभिन्न पार्टीका नेताकार्यकर्ता पार्टी प्रवेश गरेको हो ।

उक्त पार्टी प्रवेश कार्यक्रम नेकपा एमाले कमला नगरपालिका – ४ का वडा कमिटीका अध्यक्ष राम शंकर मोरबैताको अध्यक्षतामा सम्पन्न भएको हो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर