2024-12-02

Close

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको एकताको राष्ट्रिय महाधिवेशन जनकपुरधाममा जारी छ । आज दोस्रो दिन सुरु बन्द सत्रमा अध्यक्ष उपेन्द्र यादव राजनीतिक प्रतिवेदन मस्यौदा प्रस्तुत गर्दैछन् ।

बन्द सत्रमा १३ सय महाधिवेशन प्रतिनिधि सहभागी छन् । अध्यक्ष यादवले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेपछि छलफल प्रारम्भ हुन्छ । त्यसपछि प्रतिवेदन पारित गरेर नयाँ नेतृत्व चयनमा केन्द्रित हुने सो पार्टीका नेता अर्जुन थापाले जानकारी दिए ।

प्रतिवेदनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, राप्रपाको मात्रै चर्चा गरिएको छ । यी दलहरू आफ्नो लक्ष्य र उद्देश्यमा केन्द्रित नभएको प्रतिवेदनको विश्लेषण छ ।

मधेशमा छरिएर रहेका पहिचान, समावेशिता, संघीयता, सामाजिक न्यायका पक्षधर दलहरूबीच सहकार्य अथवा कार्यगत एकता गरी अगाडि बढ्ने प्रतिवेदनमा उल्लेख छ ।

महाधिवेशनको उद्घाटन सत्रमा नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले मन र विचार मिल्ने गरेकाले उपेन्द्र यादवलाई मिलेर अगाडी बढ्न प्रस्ताव गरेका थिए । तर उपेन्द्रले राजनीतिक प्रतिवेदनमा नेकपा एसलाई नेकपा एमालेकै उपग्रही भनेका छन् ।

प्रतिवेदनमा भनिएको छ, ‘एकीकृत समाजवादी, नेकपा (मसाल), नेकपा (विप्लव), नेमकिपा, माले आदि । यी दलहरू या त शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् या त नेकपा (एमाले) कै उपग्रही विचार बोक्दछन् ।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी जस्ता नयाँ दलहरूले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीति नभएको चिन्ता व्यक्त गर्दै आए पनि एजेन्डा नै प्रष्ट नरहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष यादवले संघीय लोकतान्त्रिक गणतन्त्रसहितका उपलब्धिको रक्षा गर्न संघर्ष जारी राख्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।

प्रतिवेदनमा भनिएको छ, जनताले गरेको लामो सङ्घर्ष, त्याग र बलिदानद्वारा स्थापित सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता आदिका विरूद्ध प्रतिगामी तथा यथास्थितिवादी लोकतन्त्र विरोधी शक्तिहरू प्रतिक्रान्तिका लागि षड्यन्त्रमूलक रूपमा प्रयासरत रहेका छन् । यस्ता शक्तिहरूबाट मुलुकलाई जोगाउन हामीले एक्लै वा लोकतान्त्रिक शक्तिहरू, प्रगतिशील शक्तिहरू, पहिचानवादी शक्तिहरू र क्रान्तिकारी परिवर्तनकारी शक्तिहरूसँग सहकार्य वा एकता गरेर सङ्घर्षको आंधीवेरी सिर्जना गर्नुपर्दछ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर