2024-07-19

Close

जनकपुरधाम । राष्ट्रिय मुक्ति क्रान्तीका संयोजक राजेन्द्र महतोले धोती र टोपी एक नभएसम्म देश नबन्ने बताएका छन्। सर्लाहीको लालबन्दीमा चुरे शिवालिक बिशेष व्युरोले शनिबार आयोजना गरेको मधेसी पहाडी एकता सभालाई सम्बोधन गर्दै महतोले देश एकल जातीय चिन्तनले ग्रसित बनेको बताए।

‘देश बनाउनका लागि धोती र टोपी मिल्नुको विकल्प छैन। धोती र टोपीबीचको लडाइँले गर्दा देश बर्बाद भएको हो। मधेसी र पहाडीलाई एक आपसमा लडाएर एकल नश्लिय चिन्तनले देशलाई बदनाम गरेको छ,’ उनले भने।

देश योभन्दा बढी खराब हुन नसक्ने उनको भनाइ छ। ‘सिंहदरबारमा बस्ने शासकले देशलाई दुनियासामु बदनाम गरायो। पृथ्वीनारायण शाहले एकीकरण गरेको देशलाई सिंहदरबारमा बस्ने शासकले तोड्ने काम गर्‍यो। सबै जात, भाषा, धर्म र संस्कृत मिलेर सुन्दर नेपाल बनेको हो। नेपाल सबै जात र वर्गको साँझा फूलबारी हो। तर, एकल चिन्तन भएकाहरूलाई देशको चिन्ता नहुदाँ आज देश बर्बाद भएको छ,’ उनले भने।

अहिलेको शासकले सत्ता र कुर्सीका लागि जात र धर्मको नाममा एक अर्कालाई लडाउँदै आएको उनले आरोप लगाए। ‘आफ्नो पहिचान, अधिकार र सम्मानको आन्दोलन गर्दा गोली चलाएर दबाउने काम गरेको छ। मधेसी र पहाडी एउटै देशको नागरिक हो। तर, मधेसीलाई विदेशी भनेर फरक व्यवहार गर्दै आएको छ,’ उनले भने।
धोती र टोपी मिलेर एकल जातिय सत्ताधारीलाई हटाउन जरुरी रहेको महतोले बताए। ‘नेपाल बनेपछि मधेसी, थारु, मगर, नेवार, तामाङ, दलित, मुस्लिम आएको होइन, यो त सबैको योगदानले नेपाल बनेको हो,’ उनले भने।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 0 seconds