2024-11-13

Close

विपिन यादव
जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ६० करोड ३ लाख १८ हजारको बजेट ल्याएको छ ।

नगरपालिकाले आज गरेको ८ औं नगरसभामा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिएको हो । नगरपालिकाकी उपप्रमुख आशा देवी झाको आदेश अनुसार प्रमुख प्रशासकीय अधिकृत राम सुन्दर साहले बजेट प्रस्तुत गरेका थिए ।

प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमा शिक्षा, स्वास्थ्य, खेलकुद, कृषि, रोजगारीलाई प्राथमिकतामा राखिएको छ । ‘कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र व्यापारको अभिभारा आत्म निर्भर सुन्दर र समृद्ध विदेह’ मूल नाराको साथ ल्याइएको बजेटमा सबभन्दा अधिक बजेट कृषिमा छुट्याइएको छ ।

कृषि विद्युतिकरणका लागि नगरपालिकाले ३ करोड रुपैयाँ छुटयाएको छ । कृषिको लागि अन्य शिर्षककमा करोडौँको बजेट ल्याएको हो ।

विदेह नगरपालिकाका नगर प्रमुख बेचन दासको अध्यक्षता तथा धनुषा निर्वाचन क्षेत्र नं. २ (क) बाट निर्वाचित प्रदेश सांसद लखन दासको प्रमुख आतिथ्यमा सम्पन्न नगरसभाबाट सो बजेट ल्याइएको हो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा १ देखि ९ सम्मका वडा अध्यक्ष लगायत अन्यले राखेका थिए ।

यस कार्यक्रममा ९ वटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरू, वडा सदस्यहरू, स्वास्थ्य निरीक्षक, जिन्सी शाखा प्रमुख, लेखा अधिकृत, सञ्चारकर्मी, विभिन्न सुरक्षा निकायका प्रमुखहरू, समाजसेवी तथा बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर