2024-12-14

Close

जनकपुरधाम । मधेश प्रदेशमा नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नवनियुक्त ५ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

कांग्रेसको तर्फबाट नवनियुक्त अर्थमन्त्री सुनिल कुमार यादव, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दन सिंह क्षेत्री, उर्जा, सिंचाई तथा खानेपानी मन्त्री शेष नारायण यादव र श्रम तथा यातायात मन्त्री कौशल किशोर राय तथा लोसपाको तर्फबाट शिक्षा तथा संस्कृती मन्त्रीमा नियुक्त रानी शर्मा तिवारीले पद तथा गोपनीयताको शपथ लिएकी हुन् । मधेश भवनमा आयोजित एक समारोहबीच उनीहरुलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले शपथग्रहण गराइन् ।

मधेशका मुख्यमन्त्री सतिश कुमार सिंह जनमत पार्टीका हुन् । उनले अर्थ मन्त्रालय आफै राख्ने अडान लिएपछि कांग्रेस सरकारमा सहभागी भएको थिएन् । केन्द्रले कांग्रेसलाई अर्थ मन्त्रालय दिने निर्णय गरेसंगै कांग्रेस र लोसपा सरकारमा सहभागी भएका छन् ।

लोसपाले दुई मन्त्रालय मागेको थियो तर एउटै मन्त्रालयमा चित्त बुझाएको छ । आज गरिएको मन्त्रिपरिषद् पुनर्गठनसंगै सरकार पूर्णता पाएको छ ।

लोसपाकी रानी शर्माले पाएको शिक्षा तथा संस्कृति मन्त्रालय एमालेका राजकुमार लेखीले सम्हालेका थिए । लेखीलाई आज गृह तथा संचार मन्त्रालय तोकिएको छ । यस्तै जनमतबाट विना विभागिय मन्त्री बनेका सकिल मियालाई उद्योग, बाणिज्य तथा पर्यटन मन्त्रालय तोकिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर