2024-12-12

Close

जनकपुरधाम । ब्लड फर नीडले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । एकवर्षदेखि रगतको क्षेत्रमा काम गर्दै आएको ब्लडफर नीड संस्थाले जनकपुरको जनकचोकमा दीपप्रज्वलन गरी आफ्नो पहिलो वार्षिकोत्सव मनाएको हो ।

ब्लडफर नीड धनुषाका संयोजक बलराम प्रसाद गुप्ताको अध्यक्षतामा भएको‌ दीप प्रज्वलन कार्यक्रममा सचिव रवि कुमार मण्डल, विशिष्ट अतिथि‌ नेपाल रेडक्रस सोसाइटीका प्राविधिक सहयोगी नरेश यादव, मधेस जनस्वास्थ्य प्रयोगशालाका प्रदेश रक्त सञ्चारका प्राविधिक सहयोगी विरेन्द्र यादव, आवश्यकतामा रगत धनुषा सदस्य सरोज प्रसाद साह, अजय झा, सरताज मल्लिक, निशान्त ओझा, सुनिय यादव, सुवोध राउत‌ लगायत दर्जनौ युवाहरुको सहभागिता थियो ।

“आज अरुलाई भोलि आफ्नालाई” भन्ने मूल नाराका साथ स्थापना गरिएको यो संस्था रगतको क्षेत्रमा योगदान दिँदै आएको छ । रगतको आवश्यक्तामा परेका बिमारीको लागि रगत व्यवस्थापन, रक्तसंचार केन्द्रमा रगत अभाव भएको बेलामा रक्तदान कार्यक्रम र साथै देशका विभिन्न स्थानहरुमा रहेका स्कुल कलेज तथा विभिन्न स्थान हरुमा रक्तदान सम्बन्धि सचेतना कार्यक्रमहरु गर्दै आएको धनुषा सचिव रवि‌ कुमार मण्डले बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर