2024-10-08

Close

रौतहट । रौतहट जिल्लाको मध्यभाग गरूडा नगरपालिकाका ४ जना बालकलाई भारतको राजधानी दिल्लीबाट सकुशल उद्वार गरिएको छ ।

गरुडा नगरपालिका जयनगर गाउँका संजीव महतो, भरत किशोर ठाकुर, शेख निराली र सुवोध महतोलाई अभियन्ता सरोज रायले भारतीय प्रहरीको सहयोगमा दिल्लीबाट उद्वार गर्नुभएको हो ।

जयनगर नजिककैको एक गाँउको एक जना मानिसले ती चारै जनालाई काममा लगाउने प्रलोभन देखाई एक महिना अघि दिल्ली लागेका थिए ।

दिल्लीमा भारतीय प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । ती बालकहरु १३ देखि १६ वर्ष उमेर समूहका रहेका छन् ।

बाल तस्करीको मुद्दामा बालकलाई लैजाने व्यक्तिलाई प्रहरीले हिरासतमा राखेको छ । हिजो शनिबार दुई बालकलाई नेपाल फिर्ता ल्याइएको तथा बाँकी दुई बालकलाई सोमबार फिर्ता ल्याउने अभियन्ता रायले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ ।

भारतमा १८ वर्ष मुनिका बालबालिकालाई श्रम गराउनु गैरकानुनी छ र त्यहाँ बालश्रमको कानुन कडाइका साथ पालना गरिन्छ । तर आर्थिक विपन्नता, अशिक्षाको कारण विभिन्न रोजगारीको नाउँमा रौतहटलगायतका जिल्लाका हजारौं नेपाली बालबालिका भारतको राजधानी दिल्ली, मुम्बईलगायतका सहरहरूमा बालश्रम गरिरहेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर