2024-12-04

Close

जनकपुरधाम । जनमत पार्टीकी प्रदेश सांसद भाग्यश्री चौधरीले समाचारको विषयलाई लिएर पत्रकारमाथि प्रहरीले मुद्दा हाल्नु प्रेस स्वतन्त्रताको उपहास भएको बताएकी छन् ।

प्रदेशसभाको बैठकमा शून्य समयमा बोल्दै सांसद चौधरीले सीमाबाट हुने तस्करीमा धनुषा प्रहरी नै संलग्न रहेको सन्दर्भमा न्यूज ब्यूरोमा समाचार प्रकाशित भएपछि न्यूज ब्यूरोका सम्पादकसहित थप दुई पत्रकारमाथि प्रहरीले गाली बेईज्जतिको मुद्दा हाल्नु प्रेस स्वतन्त्रताको उपहास भएको बताएकी छन् ।

उनले समाचार लेखेकै निहुँमा देशको चौथो अंग पत्रकारमाथि मुद्दा हाल्नु लोकतन्त्रको उपहास भएको बताईन् । उनले पत्रकारमाथि मुद्दा हाल्ने धनुषा प्रहरीका अधिकारीलाई कारवाहीको माग गरिन् । धनुषा प्रहरीले न्यूजब्यूरोका धनुषा संवाददाता अभिनय कुमार मिश्रा र स्ट्रीन्जर शम्भु पण्डितमाथि समेत मुद्दा हालेको हो ।

धनुषा प्रहरीको प्रमुखमा भुवनेश्वर तिवारी आएपछि न्यूजब्यूरोका सम्पादक काशिन्द्र शर्मामाथि एसपीका भ्यान चालक आजाद प्रसाद यादवबाट गाली बेज्जतिको मुद्दा हाल्न लगाए भने केही दिन अगाडी मात्र तस्करी सम्बन्धी समाचार प्रकाशित गरेपछि ईलाका प्रहरी कार्यालय औरहीका बरिष्ठ सई आदित्य कुमार सिँहलाई उक्साएर गाली बेईज्जतिको मुद्दा हाल्न लगाएपछि सांसद चौधरीले सदनमा सो कुराको विरोध जनाएकी हुन् ।

उनले मधेश प्रदेश प्रहरी प्रमुखलाई यसबारे छानबिन गरी कारवाहीको प्रक्रिया अगाडी बढाउन माग गरिन् । कानुनमन्त्रीलाई समेत यसबारे जानकारी लिन आवाज उठाईन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर