2024-12-04

Close

बारा ।देशकै ठूलो आर्थिक नाका वीरगंज भन्सारमा सशस्त्र प्रहरीको कडाइपछि तस्करहरुले सीमावर्ती जिल्लाका ग्रामीण इलाकाहरुमा आँखा लगाएका छन्। वीरगंजमै बसिरहेका तस्करी कारोबारीहरु भने बारा र पर्साका ग्रामीण इलाकातिर सरेका हुन् ।पर्साका ग्रामीण इलाकाबाट कारोबार गरिरहेका हुन्छन्। बाराको बलिरामपुर नाकातिर सरेको पाइएको छ । बलिरामपुर नाका हुँदै तस्करहरुले बाराको जीतपुरसम्म मोटरसाइकल तथा साइकलबाटै काजु, छोकडा, चिनी, लत्ताकपडा र कबाड लगायतको तस्करी दिन दुई गुणा रात चौगुणाका दरले गरिरहेको पाइएको छ। उनले नाकाबाट चिनी, काजु, छोकडा नेपाल भित्र्याइरहेका छन् । जिल्ला प्रहरी कार्यालय बाराको संरक्षणमा प्रहरी  चौकीका इञ्चार्ज र घुमुवा प्रहरीले लोभ गर्दा बारा र पर्सामा पूर्णरुपमा तस्करी नियन्त्रण भने हुनसकेको छैन । फलस्वरुप प्रहरीका सीमा इन्चार्ज र केही घुमुवा प्रहरीकै सहयोगमा तस्करहरुले मालसमान ओसारपसार गरिरहेका छन् । बलिरामपुर चौकीका इञ्चार्ज रबिन्द्र शाह तुराहाले मोटो रकमको नजराना बुझि‘लाइन’ दिएपछि तस्करहरुले एकैपटक धेरै सामान ओसारपसार गर्न नपाइने भएकाले २४ सै घण्टा तस्करी गरिरहेका छन् । यो काम व्यवस्थित गर्न चौकीको घुमुवा परिचालन भएका छन् ।यता बाराबाट आएको तस्करीको सामान वीरगंज हुँदै हेटौँडा, नारायणगढ, पोखरा, काठमाडौँ र पूर्वतिर पठाउनका लागि जिल्ला प्रहरी कार्यालयका घुमुवा दास भन्ने पनि सहयोगी बनेको स्रोतको दाबी छ । ससाना पोका र बोरामा तस्करी गर्न लाइन खुलाइएकाले दिनरात नै तस्करी भइरहेको छ । गस्तीमा प्रहरीको गाडी निस्केको सूचना घुमुवाबाटै तस्करसम्म पुग्ने गरेकोले प्रहरी गस्तीमा निस्कँदा कारोबारी भने लुक्ने गरेको स्रोतले बताएको छ ।

 

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर