जनकपुरधाम : स्टार कोचिँगका सञ्चालक यादव पक्राउ

जनकपुरधाम । जनकपुरधामस्थित संचालनमा रहेको स्टार कोचिँगका सञ्चालक बब्लु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

कोचिँगमा अध्ययनरत एक छात्रालाई जबरदस्ती फोन गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । छात्राले दिएको निवेदनको आधारमा यादवलाई धनुषा प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

बिज्ञापन

जनकपुरको जिरोमाईलस्थित संचालनमा रहेको सो कोचिँगका सञ्चालक यादवले छात्रासँग गरेको संवादमा उनले जबरदस्ती गरेको सुनिएको छ । छात्राले दिएको व्हाट्सएप मेसेजमा उनले जबरदस्ती गरेको रेकर्ड देखिएको छ । छात्राले सेभ गरेको नम्बरमा स्टार कोचिँग सर भनेर लेखिएपनि सो मोबाईल नम्बर यादवकै रहेको भनेर दिन मानेनन् । रेकर्डमा यादवको तस्विर समेत देखिएको छैनन् ।

छात्राले दिएको जाहेरीको आधारमा यादवलाई पक्राउ गरिएको हो । सञ्चालक यादवसँग छात्राको पहिले पनि कुरा हुँदै आएको देखिएको छ । कुराकानीलाई आधारमा मान्दा छात्राले “अब आउँदिन्न” भनेर भनिएको सुनिएको छ ।

यस सन्दर्भमा संचालक यादवकी श्रीमतिले उनको पक्राउ भएको र छात्रासँग दुरव्यवहार गरेको कुरा सत्य रहेको बताईन् । उनी धेरै बोल्न चाहिनन् ।
यादवमाथि धनुषा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।