2025-04-25

Close

विनय आजाद
सिरहा । सिरहाको गोलबजारस्थित तस्करीका सामान भण्डारण गरिएको एक गोदाममा प्रहरी र भन्सारले छापा हानेको छ । गोलबजारको माँ धमिनी डेरी उद्योगमा बिहीबार साँझ नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालयले संयुक्त रुपमा छापा हानेको हो । प्रहरीका अनुसार, गोदाममा भारतबाट ल्याइएका पाउडर दूध र चिनीलगायतका अवैध सामान भेटिएका छन् ।

तर, गोदाममा छापा हान्ने क्रममा तस्कर गिरोहले मान्छे लगाएर हुलदंगा गर्न खोजेपछि गोदाम सिल गरेर प्रहरी र भन्सारको टोली फर्केको छ ।

गोदाममा भेटिएका सामानको परिमाण र मूल्य भने शुक्रबार मात्रै यकिन हुने जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रमुख प्रहरी उपरीक्षक अनन्तराम शर्माले बताए । आन्तरिक राजस्व कार्यालय, लहानको टोली पनि शुक्रबार त्यहाँ पुग्ने र त्यसपछि कानुनी कारबाही प्रक्रिया अगाडि बढ्ने उनले बताए ।

स्रोतका अनुसार, यो तस्कर गिरोहले संगठित रुपमै सम्बद्ध निकायको मिलेमतोमा पाउडर दूध, चिनीलगायतका खाद्यवस्तु भारतबाट तस्करी गरी ल्याएर यो गोदाममा भण्डार गर्ने र रातिको समयमा दूधको ट्यांकरमा काठमाडौंसहित सहरमा लाने गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2025 अपन जनकपुर