2024-03-29

Close

मैथिली, मगही र भोजपुरी भाषालाई रेडियो नेपालको केन्द्रिय प्रशारणमै राख्न सचेतक अरगडियाको मांग (भिडियो सहित)

जनकपुरधाम भदौ १ गते । धनुषा निर्वाचन क्षेत्र नं. २ का सांसद तथा समाजवादी पार्टीको प्रमुख सचेतक उमाशंकर अरगडियाले बिगत देखिनै प्रशारण हुँदै आएको मैथिली, मगही, भोजपुरी, अवधि लगायतका भाषाको प्रशारण तथा कार्यक्रम बन्द नगर्न सरकारलाई सुझाव दिएका छन् ।

संघिय गणतन्त्रमा मातृभाषालाई बिकास, संरक्षन गर्नु पर्नेमा सरकारले एक्लौटी रुपमा मैथिली, मगही, भोजपुरी, अवधि लगायतका भाषाको प्रशारण तथा कार्यक्रम रेडियो नेपालबाट बन्द गर्न लागेको टिप्पणी गरे ।

सचेतक अरगडियाले सांसद सभामा मैथिली, मगही, भोजपुरी, अवधि लगायतका भाषा तराई मधेसमा बोलिने प्रमुख भाषा रहेकोले तत्कालै उक्त भाषाको कार्यक्रम तथा सूचना सम्प्रेषण गर्न मांग गरेका छन । बढ्दो प्रबिधिमा मातृभाषालाई संरक्षण गर्न रेडियो नेपालको बिगतको कार्यक्रम निकै प्रभावकारी रहेको बताउंदै सचेतक अरगडियाले रेडियोबाट उक्त भाषालाई केन्द्रिय प्रशारणबाट हटाए दीर्घकालीन असर पर्ने बताए ।

साथै मगही भाषाको बिकास र संरक्षणका निमित्त नयाँ योजना समेत ल्याउन सरकारलाई आग्रह गरेका छन । नेपालमा बोलिने प्रमुख भाषा तथा लोप हुन लागेको भाषा, संस्कृति तथा समुदायलाई राष्ट्रिय कारण गरि सरकार अगाडि बढ्नु पर्छ, सचेतक अरगडियाले भने – “राजतन्त्रमा निकै मह्तव दिईएको समुदाय, भाषा, सस्कृतिलाई संघियतामा पाखा लगाउनु हुदैन ।”

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds