2024-04-25

Close

सप्तरी , भदौ १ गते । मुख्यमन्त्री लालवावु राउतले प्रदेश सरकार शहीदहरुको सपना साकार पार्ने बाटो अग्रसर रहेको बताउनु भएको छ ।

समाजवादी पार्टी नगर समिती हनुमाननगर कंकालिनी नगरपालिकाद्धारा सप्तरीको भरदहमा आईतवार आयोजित तेश्रो मधेश आन्दोलनका प्रथम सहिद राजिव राउतको चौथो स्मृतिसभालाई सम्वोधन गर्नु हुँदै मुख्यमन्त्री राउतले शहीदहरुले देखेको सपना साकार पार्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।


मुख्यमन्त्री राउतले शहीदहरु प्रति सच्चा श्रद्धाञ्जली उनिहरुको सपना साकार पार्नुनै रहेकाले आन्दोलनको मुख्य एजेण्डा समानतालाई मुल मन्त्र बनाएर प्रदेश सरकार अघि बढेको बताउनु भयो ।

सम्मान अवसर र अधिकारका लागि राजिव राउत सहित सयौ मधेशी जनताले वलिदानी दिएको उल्लेख गर्नु हुँदै मुख्य मन्त्री राउतले भन्नु भयो , प्रदेश सरकारले सहिदले वगाएको रगत खेर जान दिदैन । उहाँहरुले देख्नु भएको सपना साकार गर्ने दायित्व हाम्रो काँधमा छ ।
महिलालाई ५० प्रतिशत अरक्षणको ब्यवस्था साथै वेटी पढाउ, वेटी बचाउ कार्यक्रम , दलित शक्ति करण ऐन , मदरसा बोर्ड गठन सम्बन्धि विधेयक त्यसकै उपज रहेको उहाँले बताउनु भयो ।

समाजवादी पार्टी नगर समिती हनुमान नगर कंकालिनीका नगर अध्यक्ष विरेन्द्र माझीको अध्यक्षतामा आयोजित सहिद स्मृतिसभामा पार्टीका केन्द्रिय सदस्य विनोद चौधरी, जगदेव यादव, मधेश प्रदेश समितिका मुख्य सचिव शम्भु झा, तिरुहुत गाउँपालिकाका अध्यक्ष मनोज वहडखेर, विपी मावि भारदहका प्रधानध्यपक प्रकाश गुप्ता, हनुमान नगरकंकालिनी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष भिमराज मण्डल लगायतकाले श्रद्धाञ्जली मन्तव् मन्तब्य राख्नु भएको थियो ।


कार्यक्रममा आन्दोलनमा सहयोग गर्ने स्वास्थ्यकर्मी, कलाकार, लेखक, यूवावुद्धिजी गरी १ दर्जन ब्यक्तीलाई कदर पत्र समेत प्रदान गरिएको थियो ।
यसअधि मुख्यमन्त्री राउते विपी मावि भरदहमा कक्षा ८मा अध्यानरत ५१ जना र कंकालीनी मावि पोर्ताहाका २६ जना छात्रालाई साईकल वितरण समेत गर्नु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds