2024-03-28

Close

भाद्र, ४ जनकपुरधाम।बेटी पढाऊ, बेटी बचाउ अभियान अन्तरगत महोत्तरीको विभिन्न चारओटा माविका छात्राहरुलाई साईकल वितरण गरिएको छ ।

प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले अभियान अन्तरगत मंगलवार महोत्तरीस्थित ४ ओटा मा वि बिधालयमा २ सय ७३ ओटा साईकल वितरण गरेको हो ।

वितरण गर्ने क्रममा श्री सरयुग मुनिलाल मा वि सरपल्लोमा ७५, श्री दुर्गा मावि मनरामा ४३, श्री सार्वजनिक राष्ट्रिय मावि गैटा भेटपुरमा ५१ र श्री महेन्द्र राष्ट्रिय मावि रामगोपालपुरमा १ सय ४ ओटा साईकल गरी कक्षा ८मा अध्यन्नरत्त छात्राहरुलाई वितरण गरिएको छ । साईकल वितरण कार्यक्रममा मुख्यमन्त्री राउतले यसै आर्थिक वर्षमा कम्तीमा ८ ओटा सार्वजनिक विद्यालयमा अध्यन्नरत्त दलित र मुस्लीमलाई महिनाको ५ सय रुपैया दिने घाेषना गर्नुभएको छ ।

उहाँले महिला र पुरुष विच रहेका भेदभाव अन्त्य भए मात्र मुलुक समृद्ध हुने बताए । मुख्यमन्त्री राउतले प्रदेशमा रहेको बेटीहरुको लागि यस्ता विभिन्न प्रकारका थप कार्यक्रमहरु ल्याउने प्रतिवद्धता जनाउनु भयो ।

त्यस्तै, कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादवले मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताउनु भयो । उहाँले महिलालाई सशक्तिकरण गर्नु पर्ने समेत बताए ।


कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राजयमन्त्री सरोज सिंह कुशवाहाले मुख्यमन्त्रीद्वारा सञ्चालित बेटी पठाउ, बेटी बचाऊ अभियानको मुख्य उदेश्य समाजमा रहेको लैङ्किक विभेदलाई अन्त्य रहेको बताउनु भयो । उहाँले महिला शिक्षित नभए सम्म प्रदेश शिक्षित नहुने धारण राख्नु भयो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds