2024-04-26

Close

जनकपुर भदौ ५ गते  । प्रदेश नं. २ को नामाकरणको लागि आज विभिन्न दलले राजधानी र प्रदेशको नामको लागि प्रस्ताव दर्ता गराएको छ ।

 

जसमध्ये सत्तापक्ष समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेशको नाम मधेश प्रदेश र राजधानी जनकपुरको लागि प्रस्ताव दर्ता गराएका हुन भने नेकपाले प्रदेशको नाम जानकी प्रदेश राख्नुपर्ने सहित राजधानी धनुषा जिल्लालाई नै राख्ने प्रस्ताव पेश गरेको हो । त्यस उपर अहिले छलफल जारी रहेको छ ।

प्राप्त जानकारी अनुसार, समाजवादी, राजपा र नेकपा सहमती नजिक भएको छ । तिनै दल मिलेर दुई तिहाईको लागि चाहिने ७२ मत बाट पनि ८७ हुन गई प्रदेशको नाम – “मधेश प्रदेश” र राजधानी “नयाँ जनकपुरधाम” हुने पक्कापक्की भएको छ । प्रदेशको नाम मधेश प्रदेश सहित राजधानीको लािग नयाँ जनकपुरधाम–मिथिला परिक्रमा मार्ग सहित हालको जनकपुरधाम देखि ढल्केवर राजमार्गको दक्षिण हुदै कमला सम्म र दक्षिणमा धनुषा जिल्लाको भारतिय सिमाना सम्म राजधानीको क्षेत्र तय हुनेछ ।

सत्तासिन दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालले प्रदेश २ को नाम ‘मधेश’ राख्ने संयुक्त प्रस्ताव दर्ता गराएको छ । यस्तै प्रदेशको राजधानी जनकपुरधाम, मिथिला माध्यमिकी सडक र धनुषा जिल्लाको उत्तरमा ढल्केबार राजमार्ग छुँदै पूर्वमा कमला नदी र दक्षिणमा नेपालको सीमासम्मको भागलाई राख्न प्रस्ताव दर्ता गराएको हो ।

यसैबीच, समाजवादीकै ७ जना सांसदले राजधानी वीरगञ्ज हुनुपर्ने फरक मत सहित प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएपछि मत बाझिएको हो । समाजवादी पार्टीका सांसद सिंहासन साह कल्वारको नेतृत्वमा सांसद प्रह्लाद गिरी गोसानी, करिबमा वेगम, जनक अन्सारी, अंजु यादव, भिमा यादव र रागनी देवी बर्णमालले वीरगञ्ज राजधानी हुनुपर्ने पक्षमा पार्टी संसदीय दलको निर्णय विपरीत प्रस्ताव दर्ता गराएपछि विरोध र छलफल पनि जोडतोडले जारी रहेको छ ।

सोही क्रममा नेपाल कम्युनिष्ट पार्टीले प्रदेश २ को नाम जानकी राख्ने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको छ । प्रदेश २ को नामाकरण जानकी र प्रदेशको राजधानी जनकपुर परिक्रमा मार्ग सहित पुरै धनुषा जिल्ला निर्धारण गर्न बिहीबार प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गर्न प्रस्ताव पेश गरेको हो ।

यता, समाजवादी पार्टी नेपाल, राजपा नेपाल र नेपाल कम्पयूनिष्ट पार्टी एक भएपछि दुई तिहाईको बहुमतले प्रदेशको नाम – “मधेश प्रदेश” र राजधानी जनकपुर सहित धनुषाको पूर्वी कमला र दक्षिणी भारतीय सीमासम्म हुने लगभग पक्का छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds