2024-04-25

Close

सांसद साहले बुद्ध एअर काउण्टरमा तोडफोड गर्दै कर्मचारी कुटे

 

जनकपुरधाम । विमान ढिलो भयो भन्दै राष्ट्रिय जनता पार्टी नेपालका एक सांसदले जनकपुरधाम एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गरेका छन ।


बिहान ११ः४० को जनकपुरधामबाट उडने विमान दिउंसो डेढ बजेसम्म नआउंदा सर्लाहीको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद प्रमोद कुमार साहले जनकपुर एयरपोर्ट स्थित बुद्ध एअरको काउण्टरमा तोडफोड गर्नुका साथै कर्मचारीलाई कुटपिट समेत गरेका छन् ।

 

सांसद साहले बिहान ११ः४० बजेको बुद्ध एयरको जहाज दिउँसो डेढ बजेसम्म पनि नआउंदा एकजना किडनीका विरामीलाई समयमै काठमाण्डौ पुग्नुपर्ने भएकाले बिरामी छटपटाई रहेको कारण सो अवस्था हेरेर आफू आक्रोशमा बुद्ध एअरको काउण्टरमा तोडफोड गरेको संचारकर्मीहरु समक्ष स्वीकार गरेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ६५ वर्षिय सौखीलाल चौधरीलाई काठमाण्डौँ पठाउनका लागि आफुले विमानस्थलका व्यवस्थापकहरुलाई पटक पटक फोन गर्दा समेत यसप्रति कुनै चासो नदेखाएपछि विरामी पिडाले छटपटाईरहेको अवस्थालाई देखेर आफुले बुद्ध एयरको काउण्टरमा तोडफोड गरेको सांसद साहले भने ।
विमानस्थलमा कर्मचारीको लापरवाहीका कारण समय समयमा यस्ता घटनाहरु हुँदै आएपनि विमानस्थल प्रशासनले कुनै ध्यान नदिएको गुनासो समेत गरेका छन् ।
यता विरामी चौधरीले आफु विहान ११ बजे नै आए पनि दिउसो २ बजेसम्म बस्दा समेत विमानस्थलका कर्मचारीहरुले कुनै वास्ता नगरेको र सांसद साहले आफ्नो अवस्था हेरेर आवेश आएको बताएका छन ।


बुद्ध एयरका व्यवस्थापक प्रमुख विजय कुमार सिंहले काठमाडौको प्राविधिक कारणले विमान ढिलाई भएको र सो विषयमा यात्रुहरुलाई जानकारी गराउदाँ समेत सांसद साहले एक्कासी आएर बुद्ध एयरको काउण्टर माथि तोडफोडसंगै कर्मचारीसंग दुव्र्यवहार गरेको बताएका छन् ।

सांसद साहले तोडफोड गरेपछि विमानस्थलको अवस्था तनावग्रस्त बनेको थियो । बुद्ध एयरको सोहि फ्लाईटमा काठमाडौ जान लागेका सांसद साहलाई बुद्ध एयरका कर्मचारीहरु र व्यवस्थापक प्रमुख सिंहले विमान चढ्््नबाट रोकेका थिए ।

सो क्रममा सांसद साह र व्यवस्थापक प्रमुख विच हातपात समेत भएको थियो । घटना उग्ररुप लिएपछि धनुषा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलको पहलमा सांसद साह विमानबाट काठमाडौ पठाइएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds