2024-04-27

Close

जनकपुरधाम।राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्ष मण्डलका सदस्य एवं धनुषा क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोले देशमा तेस्रो शक्तिको रुपमा स्थापित हुन मधेशवादी पार्टीहरुलाई एक हुन जरुरी रहेको बताए।

बुधवार शुभकामना अदान प्रदान तथा संसदीय क्षेत्र सम्पर्क कार्यलय उदघाटन समारोह पछि संचारकर्मीसंग कुरा गर्दै नेता महतोले भने देशमा नेकपा र कांग्रेसपछि तेश्रो शक्तिको रुपमा खडा हुन मधेशमा रहेका सबै पार्टी र संघ संगठनलाई समायोजन भई एकीकृत हुनु पर्छ ।

उनले भने एकीकृत नभई अब कुनै विकल्प छैन।देशमा अहिले तेश्रो शक्तिको आवश्यकता छ त्यसका लागि मधेशमा पार्टीको नाममा दोकानदारी गरेर राजनीति गर्न सकिदैन । त्यसका लागि सबै अधिकारवादीलाई एकीकृत हुन जरुरी नै छ ।

समाजवादी पार्टीसँग एकता प्रक्रियाको कुरा धेरै अगाडिसम्म बढि सकेको चर्चा गर्दै उनले भने विभिन्न पटकको अनौपचारिक वार्तापछि दुवै पार्टीको नाम समायोजन हुने गरी पार्टीको नाम, छाप र भातृ संगठन लगायतका कुरामा सहमति भइसकेको छ, अब पार्टी अध्यक्षको जिम्मेवारी महन्थ ठाकुरलाई र समाजवादीलाई सरकारबाट बर्हिगमनको कुरामा बहस चलिरहेको छ ।

नेता महतोले भने समाजवादी पार्टी पनि सकारात्मक नै देखिएको छ । जहाँसम्म पार्टी नेतृत्वको कुरा छ उनीहरुको कात्तिक ३० गते बस्ने बैठकबाट केही निष्कर्ष निस्किनेछ ।पत्रकारहरुको जिज्ञासामा उनले भने पार्टी नेतृत्वमा छलफल भइरहेको छ तर अधिवेशन नभएसम्म कसैलाई औपचारिक जिम्मेवारी दिन सकिदैन भन्ने कुरामा तबसम्मका लागि केन्द्रदेखि प्रदेश, जिल्ला र स्थानीय स्तरसम्म तदर्थ कमिटी गठन गरेर अघि बढन सकिने पनि अघि बढाइएको छ ।

पार्टी नेतृत्वकर्तामा कुरा नमिलेपनि तदर्थ समिति गठन गरी समायोजनको कुरालाई अघि बढाइने कुरामा छलफल भइरहेको छ । जे भएपनि पार्टीको नाममा दोकानदारी गर्ने जस्ता प्रवृति अन्त्य गर्न जनताको मनोभावना र अधिकार प्राप्तिका लागि सबै अधिकारवादीलाई एक प्लेटफार्ममा आउनै पर्छ ।

उक्त कार्यक्रममा पार्टीका अर्का अध्यक्ष मण्डलका सदस्य शरत सिंह भण्डारी, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभामुख सरोज राय यादव, प्रदेश भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनल निति आयोगका उपाध्यक्ष भोगेन्द्र झा, प्रदेश सभा सदस्य परमेश्वर साह र जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह लगायतका राजपाका केन्द्रिय तथा स्थानीय नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds