2024-03-29

Close

जनकपुरधाम।समाजवादी पार्टीका केन्द्रिय कोषाध्यक्ष  तथा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताल डुमरियालाई जिल्ला स्तरको अस्पताल बनाउने प्रतिबद्धता जनाएको छ।

 

मंगलबार धनुषाको सहिदनगर नगरपालिकाको यदुकूहामा समाजवादी पार्टीका नगर कार्यसमितिले आयोजना गरेको शुभकामना अदानप्रदान तथा चियापान कार्यक्रममा समाजवादि पार्टीका संघीय दलका प्रमुख सचेतक एवम धनुषा क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य सांसद उमाशंकर अरगरियाले सहिद सुर्यनाथ रान स्मृति अस्पताल डुमरियालाई जिल्ला स्तरीय अस्पताल बनाउन प्रस्ताव राखेको थियो ।

उक्त प्रस्तावलाई मन्त्री यादवले सहिद सुर्यनाथ रान स्मृति अस्पताल डुमरियालाई जिल्ला स्तरीय अस्पताल बनाउन उद्घोष गरेका छ्न।

समाजवादी पार्टीका नगर अध्यक्ष दिनेश यादवको अध्यक्षतामा राखेको शुभकामना अदानप्रदान कार्यक्रममा नेकपा पार्टी प्रतियाग गरि पाँचौ सय भन्दा बढीको संख्यामा  नेता तथा कार्यकर्ताहरुले समाजवादी पार्टीमा प्रवेश गरेको छ।

नवप्रवेशीलाई आर्थिक तथा योजनामन्त्री यादवले पुस्पमला र अबिरलगाएर पार्टीमा स्वागत समेत गरेको थियो।

सो अवसरमा समाजवादी पार्टीका केन्द्रिय सदस्य अरुण सिंह मण्डल ,प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव,प्रदेश सभा सदस्य राम आशिष यादव,प्रदेश सभा सदस्य शैलेन्द्र कुमार यादव,जिल्ला समन्वय समितिका अध्यक्ष पशुपति यादव लगाइतले शुभ दिपावली ,छठ पर्व र कार्तिक पुर्णिामा समेतको  शुभकामना दिएका थिए।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds