2024-04-19

Close

जनकपुरधाम, ७ मंसिर । धनुषाको मिथिला बिहारी नगरपालिका–४ मिथिलेश्वरमा दाइजोमा दिएको मोटरसाइकलको नामसारी नगरेपछि एक युवकले पत्नीको हत्या गरेका छन् ।

स्थानीय प्रकाश मण्डलले करिब २२ वर्षीया पत्नी कुसुम मण्डलको हत्या गरेका हुन् । हत्या गरेको अवस्थामा उनका ससुरा रामचन्द्र मण्डलले कुसुमलाई उपचार गराउन भन्दै जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएका थिए। अस्पतालमा उनको मृत शव राखेर ससुरा मण्डल फरार भएका छन् ।

शनिबार बिहानी माइती पक्षले घटनाबारे जानकारी पाएपछि सञ्चारकर्मीलाई बोलाएर दाइजोका कारण हत्या गरेको दाबी गरेका छन् । हत्या गरिएकी कुसुमका बुवा जीबछ मण्डलले दाइजोमा दिएको मोटरसाइकलको नामसारी आर्थिक अभावका गर्न नसकेकै कारण हत्या गरेको आरोप लगाए ।

‘ज्वाइँ प्रकाशले मोटरसाइकल नामसारीका लागि पटकपटक दबाब दिँदै आएका थिए,’ जीबछले भने, ‘तर आर्थिक अभावका कारण नामसारी गर्न सकेनौं। त्यही झोंकमा हत्या गरेको छ।’ घटनाबारे गाउँलेले जानकारी दिएपछि अस्पताल आएको उनले बताए।

कुसुमको शव अहिले प्रादेशिक अस्पतालको पोष्टमार्टम घरका राखिएको छ। शव नजिकै रगत बगेको छ। अस्पतालका चिकित्सकले समेत हत्या गरेको देखिएको बताएका छन्। नाम नछापिदिने सर्तमा एक चिकित्सकले भने, ‘कुटपिट गरेको दाग शरीरको विभिन्न भागमा देखिएको छ। मुखबाट रगत समेत बगेको देखिएको छ।’

कुसुमको विवाह प्रकाशसँग डेढ वर्षअघि भएको थियो। विवाहमा दुई लाख नगद, अपाचे मोटरसाइकल, सुन र १५ ताला चाँदी समेत दाइजो माइती पक्षले दिएको थियो।

प्रकाश पक्राउ

घटना शंकास्पद देखिएको भन्दै प्रहरीले मृतक कुसुमका श्रीमान प्रकाशलाई पक्राउ गरेको छ। धनुषाका एसपी शेखर खनालले प्रकाशलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जानकारी दिए।

‘पासो लगाएर आत्महत्या गर्न खोज्दा ससुराले उपचारका लागि अस्पताल ल्याएको भनिएको छ’, एसपी खनालले भने, ‘घटनाबारे बुझ्न प्रहरी पुगिसेको छ। अहिले हत्या हो कि आत्महत्या भन्न सकिँदैन।’ पोष्टमार्टमका रिपोर्ट नआएसम्म केही भन्न नसकिने उनको भनाइ छ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds