2024-03-29

Close

जनकपुरधाम,१३ मंसिर ।रामजानकी विवाहोत्सवको भव्य तयारीसँगै जनकपुरमा शान्ति सुरक्षा कडा पारिएको छ । महोत्सवमा सहभागी हुने भीभीआईपी तथा श्रद्धालुको सुरक्षाका लागि पाँचजना एसपी र १३ जना डीएसपीको कमाण्डमा करिब ४ हजार सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसँगै नेपाल तथा भारतका अधिकारी तथा साधुसन्तको सुरक्षार्थ व्यापक सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी नायव उपरिक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

विष्फोटक पदार्थ नियन्त्रणका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली जनकपुर सहित भारतीय सीमा क्षेत्रमा समेत परिचालन गरिएको उनले बताए । यस्तै जनकपुरमा मेलाको रुपमा जम्मा हुने हजारौको भिडमा चोरी तथा लुटपाट हुन सक्ने घटना नियन्त्रणका लागि पनि जिल्ला प्रहरी कार्यालयले प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लागेको छ । यसका लागि विभिन्न चोक तथा सार्वजनिक स्थानमा एक सय थान सिसिटिभी क्यामेरा जडान गरिएको छ । यस बाहेक १२ वटा समूह बनाएर सादा पोशाकको सुरक्षाकर्मी पनि परिचालन गरिएको छ । रातिको समयमा पनि सुरक्षा चुनौति आउने सक्ने तथा विभिन्न अपराधिक घटना हुनसक्ने सम्भावित परिस्थितिलाई नियन्त्रण गर्न सुरक्षाकर्मीहरुलाई रात्रीबासका लागि पनि नगरभरी छरिएर बस्नेगरी व्यवस्था मिलाइएको छ । सुरक्षाकर्मी बस्न जनकपुर नगर क्षेत्रभित्र रहेका ११ वटा सामुदायिक विद्यालयमा व्यवस्था मिलाइएको उनले बताए । यी बाहेक धर्मशाला तथा मठ मन्दिरहरुमा पनि सुरक्षाकर्मी तैनाथ रहनेछन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds