मैथिली परम्परा अनुसार जनकपुरमा साग : कुस्तीको उद्घाटन फोटो सहित

जनकपुरधाम,२० मंसिर ।इतिहासमै पहिलो चोटी जनकपुरधाममा हुन गईरहेको ऐतिहासिक १३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गतको कुस्ती प्रतियोगिताको मैथिलि परम्परा अनुसार आज उदघाटन भएको छ ।

जनकपुरधामस्थित जिल्ला खेलकुद विकास समितिको कभर्डहलमा आज ४ : ३० बजेको समयमा मैथिलि परंमपरा अनुसार नाचगान सहित भव्यरुपमा मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गरेका छन् ।

बिज्ञापन

उद्घाटनमा खेलाडीहरुलाई मैथिली संगित तथा मैथिली लोक गित र नृत्यबाट स्वागत गर्दै कार्यक्रमको बिधिवत उद्घाटन गरिएको छ ।

त्यस्तै आज चारओटा स्वरर्ण पदकको लागि नेपाल, भारत, पाकिस्तान र श्रीलंका बीच खेल समेत भईरहेको आयोजकले जनाएको छ ।

आयोजक कुस्ती प्रतियोगिता तयारी समितिका संयोजक कमल किशोर चौधरीका अनुसार कुस्ती प्रतियोगितामा पुरुषतर्फ ५७ किलो, ६१ किलो, ६५ किलो, ७० किलो, ७४ किलो, ७९ किलो, ८६ किलो, ९२ किलो, ९७ किलो र १ सय २५ किलो तौल समूहमा प्रतिस्पर्धा हुनेछ । यस्तै महिलातर्फ ५० किलो, ५३ किलो, ५५ किलो, ५७ किलो, ५९ किलो, ६२ किलो, ६५ किलो, ६८ किलो, ७२ किलो र ७६ किलो तौल समूहमा प्रतिस्पर्धा गराइने छ ।

यसमध्ये नेपालले सात वटा तौल समूहमा मात्रै प्रतिस्पर्धा गर्नेछ । पुरुषतर्फ ५७, ६५, ७०, ७९, ८६, ९२ र १ सय २५ तथा महिलातर्फ ५०, ५३, ५७, ६२, ६५ र ६८ किलो तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।