2024-03-28

Close

जनकपुर- धनुषा क्षेत्र नम्बर २ को सांसद एवम् समाजबादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगडियाले सखुवा महेन्द्रनगर बम बिस्फोटमा संलग्नलाई तत्कालै कार्वाही गर्न मांग गरेका छन । बिकासको गतिमा लागेको मधेसलाई अपराधीक गतिविधि गराई मधेसलाई अशान्त बनाउन केही शक्ति लगेको टिप्पणी गर्दै प्रमुख सचेतक अरगडियाले बम बिस्फोट जस्ता जघन्य अपराधमा सक्रियलाई प्रहरीले कानूनी दायरामा ल्याउन आग्रह गरे ।
शुक्रबार राति बम बिस्फोट हुँदा प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु भएको छ । मृतकहरु प्रती श्रद्धाञ्जली व्यक्त गर्दै प्रमुख सचेतक अरगडियाले भने – ” प्रदेश २ मा पछिल्लो समय अपराधेक गतिविधि बढेको छ । प्रहरी प्रशासनका उच्छ अधिकारीहरुको निस्कृयताका कारण हातहतियार तथा बम बिस्फोट जस्ता घटना बढेको छ । ”

छिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा प्रहरी निरीक्षक अमिरकुमार दाहाल, स्थानीय बासिन्दा ४५ वर्षीय राजेश साह र उनका २४ वर्षीय छोरा आनन्दको मृत्यु भएको हो। महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घरबाहिरको पोलमा राखिएको बम शनिबार राति सवा १२ बजेतिर विष्फोट भएको प्रहरीले जनाएको छ।

बम देखेर स्थानीयले नजिकै रहेको इलाका प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरी निरीक्षक दाहालको कमाण्डमा टोली घटनास्थल पुगेको थियो। प्रहरी पुग्ने वित्तिकै बम बिस्फोट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अवधेशकुमार यादवले जानकारी दिए।

प्रहरी निरीक्षक दाहाल घटना स्थलमा भएको ठाउँको भीड हटाउने क्रममा पुनः बम बिस्फोट हुँदा घाइते भएका थिए। उनको उपचारको क्रममा बिहान करिब साढे ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा घाइते भएकी अञ्जली, प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ । अञ्जली र प्रकाश राजेशका छोराछोरी हुन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds