2024-03-29

Close

जनकपुरधाम, पुस १६ । मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई नमूना अस्पताल बनाउने गरि कार्य योजना तैयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिनु भएको छ ।
समाजिक विकास मन्त्री नवल किशोर साह, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव रामकृष्ण सुवेदी, समाजिक विकास मन्त्रालयका सचिव भरत सुवेदी सहितको टोली लिएर अस्पताल पुग्नु भएको मुख्यमन्त्री राउतले अस्पतालको सरसफाई विगतको भन्दा अहिले व्यापक सुधार भएको प्रति अस्पताल प्रशासन, स्वच्छता अभियानीलाई धन्यवाद दिनु हुँदै सरसफाई लाई निरन्तरता दिन आग्रह समेत गर्नु भयो ।
उहाँले भन्नु भयो,‘ यो अस्पताल प्रदेशकै गौरव हो, यसमाथि जनताको विश्वासलाई बढाउन के के गर्न सकिन्छ, तत्कालिक, मध्यकालिक र दीर्घकालिन योजना बनाउनुस प्रदेश सरकार सहयोग गर्न तैयार छ । ’
प्रदेश सरकार प्रादेशिक अस्पताललाई प्राधिकरणमा लै जाने तैयारी थालेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यसै अनुरुप उपचार सेवालाई गुणस्तरीय बनाउन समेत निर्देशन दिनु भएको हो ।
अस्पतालमा देखिएको जनशक्ति अभावलाई समाधान गर्न प्रदेश सरकार तैयारी शुरु गरि सकेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले प्रादेशिक लोक सेवा बाट छिटै जनशक्ति आभावको समस्या समाधान गरिने बताउनु भयो ।सो अवसरमा मुख्यमन्त्री राउत, समाजिक विकास मन्त्री साह र मुख्य न्यायाधिवक्ता झाले स्वास्थ्य जाँच समेत गराउनु भएको थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds