2024-04-18

Close

जनकपुरधाम,प्रदेश सभा सदस्य प्रमिला देवी दास र आफुबिच सामान्य भनाभन भएको विषयलाई लिएर ‘कुटाकुट’ भन्दै समाचार प्रकाशित भएको भन्दै प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले आपत्ति जनाएका छन् ।

मंगलबार प्रदेश नम्बर २ को संसद बैठक सुरु हुनुअघि विभिन्न उपभोक्ता समूहहरुले प्रदेशसभा कार्यालय अगाडि प्रदर्शन गरेका थिए ।

सोही क्रममा प्रदेश सभा भवन भित्र प्रवेश गर्ने क्रममा असन्तुष्ट समूहहरुलाई राज्यमन्त्री यादवले प्रक्रिया पुर्याएर प्रदेश सरकारले भुक्तानी गर्ने आश्वासन दिइरहेका थिए ।

‘त्यसैबेला आइपुगेका काँग्रेसका प्रदेश सभा सदस्य प्रमोद यादव र प्रमिला देवी दास पनि उपभोक्ताहरुसँगै नाराबाजी गर्न थाले । उनीहरुले मन्त्रीले झुठो बोलेको समेत भने । तर कुनै हात हालाहाल भएको होइन । सामान्य भनाभन भएको हो,’ राज्यमन्त्री यादवले भने प्रदेश सरकारले विभिन्न विकासे कामको आर्थिक बर्षको झण्डै ९१ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । सोही विषयलाई लिएर उपभोक्ता समितिहरुले प्रदर्शन गरेका हुन् ।

उक्त भुक्तानी विभिन्न कानुनी कारणले रोकिएको मन्त्री यादवको भनाइ छ । सरकारले प्रक्रिया अन्र्तगत भुक्तानी प्रयास गरिरहेको बताएपनि काँग्रेस सांसदहरुले त्यसैलाई विषय बनाएर सदन अवरोध गर्दै आएका छन् ।

राज्यमन्त्री राय समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका हुन् भने प्रदेसभा सदस्य दास नेपाली काँग्रेसको समानुपातिक कोटाबाट मनोनित भएकी हुन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds