2024-03-29

Close

अप्पन समाचार,सप्तरी, १ माघ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले थारु समुदायको उत्थानको लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनु भएको छ । सप्तरीको शम्भुनाथ नगरपालिका–९ बसबलपुरमा आज आयोजना गरिएको माघी महोत्सव २०७६ को उद्घाटन गर्दै उहाँले भन्नु भयो ,‘ राज्यकै उत्पीडन र विभेदका कारण थारु समूदाय हरेक क्षेत्रमा पछाडी परेको छ’ । पछाडि पारिएका यी समूदायको उत्थानका लागि प्रदेश सरकार प्रतिवद्ध छ ।’

मुख्यमन्त्री राउतले देशको भुमिपुत्र थारु समूदाय रहेपनि राज्यले अझै थारु समूदायलाई उत्पीडन र विभेद गर्दै आएको बताए । उहाँले पछाडि पारिएका समूदायहरुकै हकअधिकार सुनिश्चित गर्नका लागि प्रदेश सरकारले सबै जतिय समुदाय लाई जनसंख्याको आधार मा आरक्षणको ब्यबस्था गरेको बताउनु भयो ।
मुख्यमन्त्री राउतले ‘वेटी बचाउँ, वेटी पढाउँ’ कार्यक्रम अन्तर्गत प्रदेशमा २०७५ माघ १ गते यता जन्मिएका छोरीहरुको एक लाखको बीमा गर्ने कार्य सुरु गरिसकेको हुदा त्यसमा छुटेका छोरी हरुलाई घरमै पुगेर बिमा गर्न भोली माघ २ गते देखी गाउँ गाउँ मा सिबिर सन्चालन हुने भएका त्यसमा सहभागिता जनाई अभियान लाई सफल बनाई दिन आग्रह समेत गर्नु भयो ।

थारु कल्याणकारिणी सभा सप्तरि क्षेत्र न•३ क्षेत्रीय समिती का अध्यक्ष सिमृत चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा क्षेत्र नम्वर ३ (क) का प्रदेश सभा सदस्य मोहम्मद समिम , समाजवादी पार्टी का केन्द्रिय सदस्य बिनोद चौधरी , अशोक यादव सहितको बक्ताहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
दुई दिन सम्म चल्ने उक्त महोत्सवमा थारु संस्कृति झल्किने परम्परागत भेष–भुषा, कलाका साथै थारु परिकार समेत राखिएको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds