2024-04-25

Close

अप्पन समाचार  विपिन कुमार यादव, लहान ५ माघ ।१३ औं बलिदानीको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादब सहितका नेताहरुले लहान पुगेर शहिद महतोको शालिकमा माल्यार्पण गरेका छन् ।

अध्यक्ष यादब र मन्त्री यादबले शहिदको सपना पुरा गर्न अझै संघर्षरत रहेको बताएका छन् । उनीहरुले सहिदको सपरा पुरा गरेरै छाड्ने प्रतिवद्धता समेत जनाएको मन्त्री यादबका स्वकिय सचिव अजय यादबले जानकारी दिए । उनका अनुसार समाजवादी पार्टीका ठूलो संख्यामा पुगेका नेता तथा कार्यकर्ता शहिद शालिकमा माल्यार्पण गरेका हुन् ।

प्रदेश २ सरकार भने वीरगन्जमा बलिदानी दिवस मनाइदैछ । प्रदेश सरकारले बलिदानी दिवसको अवसरमा सार्वजनिक विदा समेत दिएको छ । वीरगन्जमा आज प्रदेश सरकारले शहिद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम पनि रहेको छ । राजपाले भने बलिदानी दिवसको अवसरमा लहानमा प्रभातफेरी गर्ने जनाएको छ ।

२०६३ साल माघ ५ गते भएको मधेस आन्दोलनका क्रममा सिरहा मझौराका विद्यार्थी रमेश महतो शहिद भएका थिए । उनको सम्झनामा हरेक वर्ष लहानमा बलिदानी दिवस मनाउने गर्छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds