2024-03-29

Close

अप्पन समाचार,जनकपुरधाम माघ ६ गते । प्रदेश २ बाट आगामी माघ ९ हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि अल्पसंख्यक समूहका लागि राष्ट्रिय जनता पार्टी नेपालबाट उम्मेदवार शेखर सिंहको उम्मेदवारी खारेज गर्न मांग गर्दै उजुरी दर्ता गराइएको छ ।

सोमवार निर्वाचत अधिकृत राजुकुमार खतिवडा समक्ष नेपाली कांग्रेसतर्फका उम्मेदवार भोला पजियारले निर्वाचनका लागि मनोयन दर्ता गराएका सप्तरी तिलाठी कोइलाडी निवासी शेखर प्रसाद सिंह अदालतबाट कुटपिट मुद्दामा दुई वर्षको कैद सजायका आरोपित रहेको भन्दै उजुरी दर्ता गराएका हुन ।

सो उजुरी पत्रमा जिल्ला अदालतबाट २०४४ असार ३० गतेका दिन सिंह विरुद्ध कुटपिट मुद्दामा दुई वर्ष कैद सजाय सुनाइएको थियो । तर उहाँले सो सजाय हालसम्म भुक्तान गर्न नसकेको छैन, राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन २०७५ को दफा १२ बमोजिम कैदमा बसेको अवधिसम्म उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।

सो व्यवस्था अनुसार राष्ट्रिय सभा सदस्यका लागि मनोयन दर्ता गराएका सिंहले हालसम्म कैद सजाय भुक्तान नगरेकोले उम्मेदवार हुन पाउने छैन भनी उम्मेदवारी खारेज गरी पाउँ उजुरी पत्रमा भनिएको छ । सिंह विरुद्ध कुटपिट मुद्दामा जिल्ला अदालतको आदेश पश्चात २०५६/९/१ मा तात्कालिन सगरमाथा अंचल अदालतबाट समेत पुनरावलोकनको निस्सा नहुने भन्ने फैसला समेत भइसकेको छ ।

अदालतबाट कैद सजाय फैसला भइसकेका व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई उजुरी दिंदा पनि हालसम्म त्यसलाई पक्राउ नगरी प्रहरी प्रशासनकै अगाडि न्यायधिश समक्ष मनोयन दर्ता गराउनु भनेको न्याय प्रशासन प्रणाली कमजोर रहेको देखिएको उजुरीमा उल्लेख छ ।

उजुरी दर्ता गराउन पजियार संगै प्रदेश सभा सदस्य रामसरोज यादव, केन्द्रिय सदस्यद्वय आनन्द ढुंगाना, रामकृष्ण यादव, नेताहरु कन्हैया कर्ण, जीवनाथ चौधरी लगायतका कांग्रेसका दर्जनौ नेता तथा कार्यकर्ताहरु निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds