2024-04-26

Close

धनगढी । कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद रेशम चौधरी लगायत जेलमा रहेका ११ जनाको मुद्धा फिर्ता गरी जेलमुक्त गर्नुपर्ने माग राख्दै थरुहट थारुवान राष्ट्रिय मोर्चाले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मोर्चाले टीकापुर घटनाको छानबिन गर्न बनेका समितिहरुले बनाएको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरेको छ ।

मोर्चाका संयोजक लक्ष्मण थारुले २० दिनभित्र आफ्ना मागहरु पुरा गर्न सरकारलाई आग्रह गरे । थारुहरुको शान्तिपूर्ण आन्दोलन चलिरहेका बेला कसको योजनामा घटना भएको हो भन्ने जानकारी पाउने अधिकार आफुहरुको पनि रहेको भन्दै उनले लाल आयोग र अन्य आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरे । ‘टीकापुर घटना घटिसकेपछि गठन भएको आयोहरुको प्रतिवेदन किन सार्वजनिक गरिँदैन ? के हामी डाँका, चोर, फटाहा हो ? हामी ज्यानमारा हो ? थाहरुको शान्तिपूर्ण आन्दोलन जारी रहेका बेला कसको योजनामा टीकापुर घटना घटेको हो ? त्यो जान्न पाउने अधिकार हामीलाई छैन्’, उनले भने, ‘हाम्रो घरमा आगजनी हुन्छ, चोरी हुन्छ, हाम्रो घरमा रेप हुन्छ तर मुद्धा लाग्छ हामीलाई ज्यानमारा, ज्यान मार्ने उद्योग र डाँकाचोरीको । लोकतन्त्र यहि हो । संघीयता यहि हो ?’

खम्बुवान राष्ट्रिय मोर्चाका अध्यक्ष आर के खम्बुले देशमा संघीयता, स्वायत्तता स्थापना गर्न संघर्ष गर्नेहरुलाई सरकारले दमन गर्ने नीति लिएको आरोप लगाए । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अग्नि सापकोटालाई सभामुखमा सिफरिस गरेको प्रति संकेत गर्दै अदालतमा ज्यानमुद्धा चलिरहेका व्यक्तिलाई सभामुख बनाउने तरखर गर्ने तर झुठा मुद्धा लगाएर रेशम चौधरीर्लाइ कसरी जेलमा राखियो भन्दै प्रश्न गरे ।

मोर्चाका प्रवक्ता मिनराज चौधरीले थारु गाउँमा छापा मारी थरुहट नेता, अभियन्ता, युवा विद्यार्थी लगायतलाई धरपकड गर्ने र थारु महिलाहरुमाथि दुव्र्यवहार र बलात्कार समेत गरी थारु बस्तीहरु त्रसित बनाउनेहरुलाई कुनै कारवाही नभएको बताए ।

मोर्चाले माघ १४ गते प्रधानमन्त्री लगायत विभिन्न दलका नेताहरुलाई १५ दिने अल्टिमेटमसहित ज्ञापनपत्र बुझाउने, माघ मसान्तसम्म प्रदेशदेखि वडा तहसम्म मोर्चाको समितिहरु विस्तार गर्ने, माघ १८ गते पहिचान पक्षहरुको बृहत अन्तरक्रिया धनगढीमा गर्ने, २४ गते संयुक्त राष्ट्रसंघ, कुटनीतिक नियोग, मानवअधिकार आयोगमा संघर्षका सम्बन्धमा पत्रबाट जानकारी दिने कार्यक्रम सार्वजनिक गरिएका छन् ।

त्यसैगरी, फागुन १ गते कैलाली र काठमाडौंको माइतिघरमा आमरण अनसन बस्ने, २ गते धनगढी लगायत तराईका विभिन्न जिल्लामा जनप्रदर्शन गर्ने र मागहरु सुनुवाई नभए तीन दिने बन्द तथा आमहड्ताल घोषणा गर्दै ५ गते समिक्षा गरी अनिश्चितकालिन बन्द घोषणा गर्ने कार्यक्रमहरु मोर्चाले सार्वजनिक गरेको छ ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds