2022-01-21

Close

जनकपुरधाम,२१फाल्गुन ।समाजवादी पार्टीको तर्फबाट धनुषाको जनकनन्दनी गाउंपालिका मेयर प्रत्यासी उम्मेदवार रहेका दिपिन देव यादवले पार्टी परित्याग नगर्ने स्पष्ट पारेका छन् ।

उनले आफ्नो फेसबुक ह्याक गरी ’पार्टी परित्याग गर्ने’ भन्ने गलत सन्देश लेखेपछि चिन्तित बनेको बताएका हुन् । उनले भने, ’म समाजवादी पार्टी छु । सधै रहनेछु ।’ पार्टीप्रति केहि आन्तरिक कारणले असन्तुष्ट रहेका उनले पार्टीमा ईमानदारी पूर्वक काम गर्नेको मुल्यांकन गर्न नेतृत्वसंग समेत आग्रह गरे ।

नेता यादव पार्टी परित्याग गर्ने हल्ला चलेपछि उनलाई सोमबार प्रतिनिधि सभा सदस्य, संघीय सांसद तथा विसु अभियानका धनुषा संयोजक उमाशंकर अरगरिया भेटघाट गर्न पुगेका थिए । सांसद अरगरियाले जनताको काम इमानदारीताका साथ गरिदिन नगरका नेताहरुसंग आग्रह समेत गरे । उनले मधेसी जनताको हकअधिकारका लागी संविधान संशोधन गराउन संघर्ष समेत जारी रहेकाले पनि संगठन निर्माणमा बिशेष ध्यान दिन समेत नेता यादवलाई ईमानदारीका साथ काम गर्ने कसैमाथि ’काखा पाखा’ नहुने प्रतिबद्धता जनाए ।

उनले असन्तुष्ट सबैको माग सम्बोधन गर्नकै लागि पार्टीले संगठन विस्तार तथा सुदृढिकरण (विसु) अभियान चलाएको बताएका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

टिमहरु

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह
संवाददाताहरु :
बद्री यादव (जनकपुर)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2022 अपन जनकपुर