औरही गा.पा.मा समाजवादीका नेताहरुद्वारा कोरोना बाट बचनको लागि जनचेतना दिदै

विपिन कुमार यादव,

जनकपुरधाम,२३ चैत । कोरोना भाइरसबाट जोगिनको लागी समाजवादीका नेताहरु जनचेतना फैलाईरहेको युवा नेता प्रमोद कुमार अधिकारीले जनाएको छ ।

बिज्ञापन

नेता अधिकारीको अनुसार आइतबार समाजवादी पार्टी औरही गाउँपालिका वडा ५ का टोल हरुसाहामा कोरोनाबाट बचनको लागि जनचेतना फैलाइरहेको अवस्थामा जस जसलाइ माक्स थिएन तिनीहरुलाइ माक्स समेत उपलब्ध गराएको छ ।

सरकारले कोरोना भाइरसको रोकथामको लागि लगाएको देशव्यापी लकडाउनलाई पालना गर्नको लागि नेता प्रमोद कुमार अधिकारी स्थानीय नेता विनोद साह, शम्भु मण्डल ,राहुल दासले आग्रह समेत गरेको थियो ।