2024-04-25

Close

उपचार नपाएर भोककै कारण ज्यान गुमाएका धनुषा शहिदनगर नगरपालिकाका बिरेन्द्र गुरमैता यादव प्रति श्रद्धाञ्जली समेत अर्पण गरे ।

विपिन कुमार यादव,जनकपुरधाम,१४ जेठ । जनता समाजवादी पार्टीको सांसद एवं धनुषा निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभा सदस्य उमाशंकर अरगरियाले भोक र उपचार नपाएर जनता मर्नु देशको लागि लज्जास्पद बिषय भएको बताएका छन ।

सरकारले भोकले अब कोहि पनि मर्न नपर्ने भनेर पटकपटक भन्दै आएपनि देशका नागरिक भोकै मर्नु परेको भन्दै उनले दु:ख व्यक्त गरेका हुन । उनले बुधबार धनुषाको जटही नाकामा उपचार नपाएर र भोककै कारण ज्यान गुमाएका धनुषा शहिदनगरका बिरेन्द्र गुरमैता यादव प्रति श्रद्धाञ्जलीसमेत अर्पण गरे ।


सांसद अरगरियाले सामाजिक संजाल उहाको फेसबूक पेज मार्फत उनले जनताले उपचार नपाएर र भोककै कारणले ज्यान गुमाउनु सरकारको लागि हास्यास्पद र लाजको बिषय भएको अप्पन जनकपुरलाई बताए ।

सरकार गफ र भाषणमा मात्रै सिमित भएको आरोप उनको छ । देशमा कोरोनाले भयावह रुप लिदै गएपनि सरकार कुकर्ममै लागेको उनले बताए ।
टेलिफोन कुराकानीको क्रममा उनले सरकारले नयाँ नक्साका लागि गर्न लागेको संबिधान संशोधनमा मधेशको माग पनि संगै समेटनुपर्ने माग गरेका छन । अर्को प्रसंगमा उनले मधेसीको अपमान र बेइज्जती गरेकाहरु विरुद्धको उजुरी प्रहरीले नलिएको प्रति आपत्ति समेत जनाए ।

उनले सरकारको मौनता र सरकारी निकायकै बदमासीका कारण मधेसीले अपमानित जिन्दगी जिउनु परिरहेको भन्दै यसका लागि आफूले संघीय सदनमा जोडदार आवाज उठाउने समेत बताए ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds