2021-10-25

Close

विपिन कुमार यादव ,जनकपुरधाम,१९ जेठ । जनता समाजवादी पार्टीका प्रमुख सचेतक एवं धनुषा निर्वाचन क्षेत्र नं.२ बाट निर्वाचित प्रतिनिधि सभा सद्स्य उमाशंकर अरगरिया ले भोकभोकै ज्यान गुमाएका धनुषाका बिरेन्द्र यादवलाई सहिद घोषणा गर्न माग गरेका छन ।

कोरोना महामारीका कारण नेपाल सहित विश्व अक्रान्त रहेको अवस्थामा मिति २०७७ जेठ १४ गते बुधबारका  दिन भारतबाट नेपाल आउन लागेका शहिदनगर नगरपालिका वडा नं. ९ का ३२ वर्षीय विरेन्द्र गुरमैता यादवको धनुषाको जटही नाकामा भाेकभाेकै मृत्यु भएकाे भन्दै  १९ गते बसेको प्रतिनिधि सभा बैठक मार्फत नेता अरगरियाले नेपाल सरकारको ध्यानाकर्षण गराएका छन ।

उनले भने “धनुषाको जटही नाकामा भारतबाट आउने नेपालीहरुको उचित ब्यवस्थाप गर्न नसक्दा ज्यान गएको हुंदा घटनाको छानविन गरि दोषि माथि कारवाही गर्न मांग को साथ साथै मृतक लाई सहिद घोषणा गर्न माग गर्दछौं ।” साथै धनुषा जिल्लाको जटही नाका र खजूरी नाका अविलम्ब सुचारु गरेर सर्व साधारण जनतालाई आफ्नो जन्म स्थल  (घरमा ) सकुशल आउनको लागि वातावरण सिर्जना गर्न समेत नेता अरगरियाले  जोडदार माग गरेका छन । उनले मृतक प्रति हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्दै दुःखद घडिमा मृतक परिवारलाई धैर्य धारण गर्न माता जानकी संग प्राथना गरेका छन ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
सूचना बिभाग दर्ता : २८४८
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९

टिमहरु

संचालक :- विपिन कुमार यादव
सम्पादक :- वि.पि.यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- राज कमल सिंह

सम्पर्क

अप्पन जनकपुरधाम
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुरधाम संस्था द्वारा संचालित हुनेछ

Copyright © 2018-2021 अपन जनकपुर