प्रमुख समाचार
निशान्त कुमार यादव,जनकपुरधाम,२२ जेष्ठ । धनुषाको शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोरा टोलमा वडा अध्यक्ष तनुक लाल कुसियैत र वडा सदस्यको मिलोमतोमा नगरपालिकाको रकमबाट निर्माण गर्न लागेको सडक माटो र ग्राइभल योजना भएको हुदा पनि उक्त सडकमा माटो दिनुपर्नेको ठाउँमा माटोको सट्टामा पुरानै सडकलाई ट्रेकटर लगाएर सडकमा हलो जोत्नु वा पुरानो सडकको माटोलाई खनेर झन खराब गरेर सडक बनाउने प्रयास गरेको स्थानीयले बताए । भिडियो हेर्ने यता थिच्नु होला।⤵️
शहिदनगर नगरपालिका वडा नं.८ बिसरभोराको स्थानीय युवाहरुको अनुसार सडकमा ट्रेकटर लगाएर हलो जोत्नु पर्दैन स्टिमेट मुल्यांकन अनुसार तपाईहरु काम गर्नु तर वडा अध्यक्ष र वडा सदस्यले मनोमानी गरि स्थानीयहरु संग समन्वय नगरी आफ्नो तरिकाले रकमको दुरुपयोग गर्ने सोचाइमा रहेर सडकमा माटो नराखी ग्राइभल राख्ने तरखरमा छन।
भिडियो हेर्ने यता थिच्नु होला।
⤵️
सडकमा ट्रेकटर लगाएर हलो जोत्नु माटोको काम नगरीकन ग्राइभल दिन खोजदा उक्त टोलका स्थानीय बासिन्दाहरुले स्टिमेट मुल्यांकन र कार्याआदेश पहिलो देखाउनु अनि काम गर्नुपर्ने हुन्छ । भन्दा भन्दै वडा अध्यक्षले स्टिमेट मुल्यांकन नदेखाइ ग्राइभल गर्न लाग्दा स्थानीय बासीहरु रोकेको छन । उक्त ठाउँमा माटो ग्राइभल स्टिमेट अनुसार नभएको स्थानीय युवा अरबिन्द कुमार यादव र दिपक यादवले बताए ।
स्थानीय बासिन्दाको भनाइ अनुसार कम्तीमा माटो ग्राइभल को काम छ भने माटो राखेर ग्राइभल गर्नुपर्ने हुन्छ तर वडा अध्यक्ष , वडा सदस्यले मनोमानी तरिकाले माटो ग्राइभल गर्ने खोजेको स्थानीयले बताए ।
स्थानीय हरुले उक्त सडकमा ३०/३५ जनाको समूहले उक्त कामको स्टिमेट अनुसार गर्नुपर्ने माग समेत गरेको छ । ग्राइभल दिनको लागि थन्क्याएर राखिएको ग्राइभलमा ७५ प्रतिशात माटो नै रहेको स्थानीय भोला तेथवार यादवले बताएका छन ।