2024-03-28

Close

विपिन कुमार यादव, ९ असार । नागरिकता ऐन २०६३ को संसोधन विद्येयक मंगलवार प्रतिनिधीसभामा प्रस्तुत भइरहँदा तराई मधेशको सडकमा भने व्यापक विरोध भएको छ । जनता समाजवादी पार्टीले मंगलवार विभिन्न समयमा प्रदेश २ को आठ वटै जिल्लामा विद्येयक विरुद्व प्रदर्शन गर्दै नारावाजी मात्र गरेन प्रधानमन्त्री केपि शर्मा ओलीको पुत्ला समेत दहन गरेको छ ।

जनकपुरधामको जनकचौकमा जसपाका सांसद, नेता तथा कार्यक्रताहरु सडकमा बसेर अवरोध गर्दै विरोध प्रदर्शन गरेका हुन । साथैै उनीहरुले सरकार विरोधी नारावाजी समेत गरेका थिए । पार्टीको नेता तथा कार्यकर्ताले जनकपुरमा नागरिकता विधेयकको प्रतिलिपी र प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । मंगलबार भानुचौकमा जम्मा हुदै जसपाको नेताकार्यकर्ताले सत्तारूढ नेकपाले गरेको नागरिकता विधेयक सम्बन्धि निर्णय प्रति बिरोध जनाउदै प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ् ।

विवाह गरेर नेपाल आउने विदेशी महिलालाई सात वर्ष पछि मात्र नागरिकता दिने प्रावधानको तराई मधेशका नेकपाकै नेताहरुले समेत विरोध गर्न थालेका छन् ।

विद्येयकको विरोधमा दैनिक प्रदर्शन तथा विरोधका कार्यक्रमहरु बाक्लिदै गएका छन् । प्रदर्शनमा जसपाका अगुवा नेताकार्यकर्ता सहित जिल्लाका नेता कार्यक्रताहरुको सहभागिता थियो ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds