2024-04-26

Close

विपिन कुमार यादव,। सिरहाका १७ स्थानीय तहमध्ये केहिबाहेक अधिकांशले कोरोना भाइरस नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गरिसकेको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको कोभिड १९ नियन्त्रण समितिले सिरहाका सबै स्थानीय तहलाई कोरोना नियन्त्रणमा गरेको खर्च विवरण सार्वजनिक गर्न ताकेता गरेपछि विभिन्न स्थानीय तहले विवरण सार्वजनिक गरेको हो ।

तर, सार्वजनिक गरिएको खर्च विवरण हेर्दा सबैजसो स्थानीय तहमा व्यापक अनियमितता भएको देखिएको छ । मिर्चैया नगरपालिकाले १ करोड ७२ लाख ८१ हजार ७७ रुपैयाँको खर्च विवरण बुझायो ।

नगरपालिकाले बुझाएको विवरणमा केहि अनावश्यक खर्च देखाइएको भन्दै पारदर्शीताको माग उठेको छ । कोरोनाको नाममा नगरपालिकाले अनावश्यक खर्च देखाएर अनियमितता छर्लङ गरेको भन्दै हरहिसाब पूर्ण पारदर्शी हुनुपर्ने जसपाका युवा नेता रामेश्वर यादव बताउँछन् ।

सार्वजनिक विवरण देख्दा अनियमितता प्रष्ट देखिएको भन्दै उनले सम्बन्धित निकायले छानविन गर्नुपर्ने माग गरे । ‘स्वास्थ्यकर्मीको भत्ता त ठिकै छ,’ उनले भने, ‘तर कर्मचारीलाई मनमौजी तरिकाले बाँडिएको छ, यो ऐन विपरीत हो, यसको छानविन हुनुपर्छ ।’

उनले नगरपालिकाले अनियमितता लुकाउन एकमुष्ट विवरण बुझाएपनि शिर्षकसहित विवरण सार्वजनिक नगरेको भन्दै शीघ्र सार्वजनिक गर्न माग गरे । पारदर्शीता र निगरानी सबैको अधिकार रहेको भन्दै उनले यसको लागि सबैलाई खुलेर बोल्न अपिलसमेत गरेका छन् ।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds