2024-04-20

Close

विपिन कुमार यादव,जनकपुरधाम : शुक्रबार राति धनुषाका थाहाखबरकर्मी सन्तोष यादव र पत्रकार सिवेन्द्र रोहितामाथि प्रहरीले गरेको कुटपिटविरुद्ध जनकपुरको भानु चोकमा युवाहरुले आज प्रदर्शन गरेका छन्।

पत्रकार कुट्ने प्रहरीमाथि कारबाही गर, प्रेस स्वतन्त्रता कायम गर, गुण्डागर्दी चल्दैन, सिडिओ र एसपी मुर्दावाद जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर युवाले प्रदर्शन गरेका हुन्। प्रदर्शन रोक्न ठूलो संख्यामा प्रहरी परिचालन भएका थिए। युवाले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै दोषी प्रहरीमाथि कारबाही नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रदर्शनमा युवाहरु राकेश विक्रम साह, संजीव यादव, शैलेन्द्र चोरबार, इन्जिनियर दीपक यादव, गौतम यादव, पत्रकार सुरेन्द्र यादव, निशान्त यादव, रुपेश यादव, पत्रकार किशोर मण्डल लगायत उपस्थित थिए।

यसअघि नेपाल पत्रकार महासंघ सिरहा शाखाले समेत विज्ञप्ति जारी गरेर दोषी प्रहरीमाथि कडा कारबाही माग गरिसकेको छ। ‘कोरोना रोकथामसँगै लकडाउनलाई प्रभावकारी बनाउने तथा सूचना सम्प्रेषण गर्ने पत्रकारको कार्य पनि उत्तिकै महत्व हो’, सभापति दिनेश्वर गुप्ताद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा जुनसुकै पक्षले प्रेस स्वतन्त्रतामाथि हमला गर्ने कार्य निन्दनीय छ।’

शुक्रबार राति जनकपुरस्थित नवजीवन अस्पतालमा मृत्यु भएका एक महिलाको शव पोस्ट मार्टमका लागि प्रादेशिक अस्पताल लग्ने क्रममा मृतकका आफन्तमाथि प्रहरीले बल प्रयोग गरेको थियो। सो क्रममा थाहाखबरकर्मी यादव र पत्रकार रोहिताले फोटो खिच्न लाग्दा प्रहरीले घेरा हालेर निर्ममतापूर्वक कुटपिट गरेको थियो।

सो अस्पतालमा बिहीबार राति एक महिलाको मृत्यु भएपछि उनको परिवारले घटनाको छानबिन गरी दोषीलाई कारबाही र क्षतिपूर्ति माग गरेका थिए। उक्त अस्पताल पूर्वमन्त्री रघुवीर महासेठका भतिजा डा. महेश महासेठको भएकाले प्रशासनले नै संरक्षण गरेको आरोप युवाले लगाएका छन्।

सम्बन्धित

ताजा

लोकप्रिय

हाम्रो बारेमा

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ । अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित छ.
कम्पनि दर्ता न: २७४३५८/०७८/०७९
सूचना बिभागको दर्ता नं. २९६५/०७८/०७९
प्रेस काउन्सिल नेपाल सूचीकरण दर्ता नं.२२१/०७८/०७९

हाम्रो टिम

सम्पादक :- वि.पि.यादव
समाचार संयोजक :- विपिन कुमार यादव
वरिष्ठ सल्लाहकार :- श्रवण देब
वरिष्ठ सल्लाहकार :- सन्तोष कुमार यादव
संवाददाताहरु :
बद्री प्रसाद यादव (जनकपुर)
नरेश चन्द्र बरबरिया (सिरहा)
श्याम गुप्ता (बारा)
दिपेश कुमार साह (रौतहट)
कृष्ण यादव (बिरगंज)
अजय मिश्र (कपिलवस्तु)

सम्पर्क

अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि.
जनकपुरधाम २ धनुषा,नेपाल
सम्पर्क नम्बर :- 9804825801, 9844005081
ईमेल :- [email protected],
[email protected]
अप्पन जनकपुर मिडिया नेटवर्क प्रा.लि. द्वारा संचालित हुनेछ

Copyright © 2018-2024 अपन जनकपुर

This will close in 20 seconds